बिकाश सिंह महता,कञ्चनपुर चैत्र २९ । भीमदत्त नगरको महेन्द्रनगरमा अवस्थित रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले कञ्चनपुर जिल्लामा रहेका नै वटै स्थानीय तहमा ठुलो आर्थिक सहयोग गरेको छ ।विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि देशभर लक डाउन गरिएको यो विपद् समयलाई मध्यनजर गर्दै कोरोना भाईरस (कोभिड १९) को संक्रमण जोखिमका बेला गरिब, विपन्न मजदुर वर्गहरुका लागि यो दुस्खद घडीमा राहत स्वरुपका लागि महेन्द्रनगरमा रहेको गैरसरकारी संस्था उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको हो।


उदयदेव बहुउद्देश्यीय सहकारी संस्था कार्यालय प्रमुख चन्दले उक्त सहयोग रकम नै वटा स्थानीय तहका नगरप्रमुख र गाउँपालिका अध्यक्ष लाई आर्थिक रकम बैंक चेक हस्तान्तरण गरेका हुन ।देशभर लक डाउन भएको अवस्थामा गरिब तथा विपन्न आय स्तर भएकाव्यक्तिहरुमा पर्न गएको अप्ठ्यारो तथा दैनिक जीवन निर्वाहका लागि र महामारीको विषम परिस्थितिको समयमा गरिब विपन्न परिवारका लागि राहत स्वरुप संस्थाले सानो भएपनी विपद् राहत कोषमा सहयोग गरिएको साथै आगामी दिनमा समेत आवश्यकता अनुसार उदयदेव संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत बहुउद्देश्यीय सहकारीका कार्यालय प्रमुख गणेश चन्दले बताए।

उनका अनुसार शुक्रबार कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका चार वटा स्थानीय तहहरु मा संस्थाका कार्यालय प्रमुख गणेश चन्द ,कार्यसमिति सदस्य कौशिल्या ओझा र शंकरदत्त भट्टले विपद् व्यवस्थापन राहत कोषका लागि बेलडाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्री र लालझा गाउँपालिका अध्यक्ष मदन बडायक लाई २५ /२५ हजार साथै बेलौरी नगरपालिका नगरप्रमुख पोतिलाल चौधरी र पुनर्वास नगरपालिका नगरप्रमुख जीवन थापा लगायत लाई ४०/४० हजार आर्थिक सहयोग गरेको र बुधबार पाँच वटा स्थानीय तहमा पनि उदयदेव सहकारीका कार्यालय प्रमुख चन्दले एक कार्यक्रमका साथ भीमदत्त नगरपालिका नगरप्रमुख सुरेन्द्र बिष्ट , बेदकोट नगरपालिका नगरप्रमुख अशोक कुमार चन्द , महाकाली नगरपालिका नगरप्रमुख बिरबहादुर सुनार,शुक्लाफाँटा नगरपालिका नगरप्रमुख दिलबहादुर ऎर र कृष्णपुर नगरपालिका नगरप्रमुख कर्ण बहादुर हमाल लगायत लाई ४० / ४० हजार आर्थिक सहयोग गरिको समेत जानकारी दिनुभयो।

उनले भने जिल्लामा रहेका दुईवटा गाउँपालिकाहरु लाई २५(२५ हजार र सात वटा नगरपालिकाहरु लाई ४०/४० हजार दिने निर्णय गरि तीन लाख तीस हजार आर्थिक सहयोग गरिएको बताएका छन।साथै उदयदेव सहकारी संस्थाको कर्मचारी कल्याण कोषबाट यो दुस्खद घडीमा विपन्न परिवारका लागि भीमदत्त नगरपालिका वडा .न-१८ लाई १३ कट्टा र ७  लाई -१० कट्टा चामल खाद्यान्न शुक्रबार एक कार्यक्रमका साथ वडा अध्यक्ष लाई हस्तान्तरण गरिएको छ।

आपतकालीन समयमा सहकारी संस्थाको तर्फबाट आएको आर्थिक सहयोगले महामारीको दुस्खद घडिमा नगरपालिका क्षेत्रका गरिब, विपन्न समुदायलाई सहयोगका साथै राहत पुग्ने र यो समयमा सहयोग गर्ने सहयोगी अन्य संघसंस्था लगायत लाई आव्हान गर्नुका साथै नै वटै स्थानीय तहका नगरप्रमुखहरु उदयदेव संस्थाको प्रगतिको कामनाका साथै हार्दिक धन्यवाद समेत दिएका छन्।

प्रतिक्रिया दिनुस