कञ्चनपुर चैत्र, २९ । लक डाउन पछि भारत लगायत तेस्रो मुलुक विदेशबाट आएर कञ्चनपुरका विभिन्न सात क्वारेन्टाईनमा बसेका एक सय ३६ जनाको ¥यापिट टेष्ट गरिएको थियो । कञ्चनपुरका सात स्थानीय तहका क्वारेन्टाईनमा बसेका १ सय २६ जनाको ¥यापिट टेष्ट सबैको रिर्पोट नेगेटिभ भएको स्थानीय तहले जनाएका छन् ।

बेलौरी नगरको क्वारेन्टाईनमा बसेका १२ जनाको ¥यापिट रिर्पोट निगेटिभ आएको बेलौरी नगरपालिका कोरना रोकथाम समितिका पोकलप्रशन सिअहेब मान बहादुर चन्दले बताए । बेलडाँडी गाउँपालिकाको क्वारेन्टाईनमा बसेका १२ जना, पुर्नवास नगरपालिका क्वारेन्टाईनमा बसेका २४, शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाईनमा बसेका २६ जना रहेका थिए त्यस्मा ३ जना महिला पनि क्वारेन्टाईनमा रहेका छन सबैको ¥यापिट टेष्ट गरिएको थियो ।

यस्तै लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले लालझाडीको क्वारेन्टाईनमा बसेका १५जनाको नेगेटिभ रिर्पोट आएको बताए । कृष्णपुर नगरपालिकाको क्वारेन्टाईनमा बसेका १६ जना र बेदकोट नगरपालिकाको क्वारेन्टाईनमा बसेका १३ जनाको ¥यापिट टेष्ट नेगेटिभ आएको छ । महाकाली नगरका प्रक्ता दिल बहादुर सिजालीले महाकाली नगरका दुई क्वारेन्टाईनमा राखिएका १५ जना सबैको ¥यापिट टेष्टको रिर्पोट निगेटिभ आएको बताए ।

बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले सक्रमित संगै आएका १० जना र तीन जना कर्मचारीको लिएको नमुनामा सबैको ¥यापिट रिर्पोेट पनि नेगेभिट आएको बताए ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बैजनाथको क्वारेन्टाईनमा बसेकाको रिर्पोट केन्द्रबाट आएको टोलिले लगेको भएकाले उक्त रिर्पोट आएको छैन् । संघीय सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा ¥यापिट टेष्ट गर्ने निर्णय अनुरुप कञ्चनपुर क्वारेन्टाईनमा बसेकाहरुको धमाधम ¥यापिट टेष्ट भएको हो । रगतका माध्यामबाट किड प्रयोग गरेर प्रारम्भिक चरणको परीक्षण गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुस