पहिलाद राना ,कञ्चनपुर, २९चैत्र ।विश्वभरी महामारीमा रुपका फैलिरहेको कोरोना भाईरस रोकथाम तथा न्यूनिरणका लागि कञ्चनपुरको बेलौरी नगरपालिकाले स्थापना गरेको राहत तथा विपद् व्यवस्थापन कोषमा झण्डै साढे तीन पाँच लाख रुपैया भन्दा बढि नगद जम्मा भएको छ ।
कञ्चनपुरको पहिलो सदरमुकाम समेत रहेको बेलौरी नगरपालिकामा करिब डेढ साताको अवधिमा पाँच लाख ६२ हजार २ सय ८५ रुपैया जम्मा भएको हो । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले हस्ताक्षर गरेको विज्ञप्तीमा बेलौरी नगरपालिकाको प्रकोप व्यवस्थापन कोष खाता नम्बर ग ७२ ४३९०३०५०४९४०२ खातामा १५ जना व्यक्ति संघ संस्थाले रकम दाखिला गरेका छन् ।
बेलौरी नगरपालिकाको प्रकोस व्यवस्थापन कोषमा सत्ताधारी नेकपा बेलौरीका नगर अध्यक्ष बाबुराम न्यौपाने सहित सामुदायिक वनबाट रकम जम्मा भएको छ ।
नेकपा बेलौरी अध्यक्ष न्यौपानेले ३ हजार १ सय, बेलौरी थारु युवा समुह १४ हजार १ सय ५५, पञ्चकोशी चन्दननाथ एकता समाज १ लाख ५१ हजार, समाजसेवी डम्बरदत्त भट्ट १५ हजार रमेश विक २० हजार, कञ्चन विकास र्बैक ३५ हजार, बेलौरी उद्योग वाणिज्य संघ १५ हजार, रामनगर सामुदायिक वन एक लाख, अमर स्मृति सामुदायिक वन १५ हजार, पारीजात सामुदायिक वन २१ हजार, सम्झौता मल्टिप्रपोज कोअप्रेटिभ १८ हजार ३ सय ७५, समाजसेवी एव काँग्रेस स्थानीय नेता हरि चन्द ठकुरी १५ हजार, राधास्वामि सत्संग ब्यास कलकता १० हजार, उखु उत्पादक किसान हकहित संरक्षण समिति ४१ हजार र समाजसेवी रोशन कडेलले २० हजार ५ सय रुपैय, झर्नासागर सामुदायिक वनले २१ हजार, इकाई समाज बेलौरी उपशाखा २८ हजार ५सय, गोकुलपुर ग्रामिण विद्युत सहकारी १५ हजार, समाजसेवी मोहन कुमार क्षेत्र ३५ हजार, सिद्धार्थ बोडिङ्ग स्कुल २१ हजार, बेलौरी समतामुलक समाज १५ हजार ५सय ५५, सृजनशील सहकारी संस्था २१ हजार, दलित बहुउदेशीय सहकारी संस्था १० हजार, उदयदेव बहुउद्देशीय सहकारी संस्था ४० हजार जम्मा गरेका छन् । यस्तै गरि विभिन्न ८ संघ संस्थाबाट समेत बेलौरी नगरपालिकालाई भौतिक सहयोग पाईएको छ । अमित फैन्सी स्टोरले ३ थान कपडा, १सय ५० थान मास्क, निडस नेपाल ८सय ग्लोब्स, डिटोल साबुन २सय ४०, सेनीटाईजर १सय ४०, हेल्डबास १०८, मास्क ४सय ३०थान, राष्ट्रिय वाणिज्य बैंश बेलौरी शाखा ५०थान सेनिटाईजर, सर्जिकल मास्क २सय, २सय ग्लोब्स, एनएनएड डब्लु ए २सय ग्लोब्स, ४सय साबुन, १०लिटर सेनिटाईजर, मास्क ४सय, २सेट पिपिई, सम्झौता बहुउदेशीय सहकारी ५सय थान मास्क, थलकेदार फार्मेसी सोडियम हाइठोक्लोराईट ५लिटर, डिजिटल थर्मामिटर ३, प्यारासिटामोल २०हजार ट्याब्लेट, लिटिल गार्नन ईङलिस बोडिङ्ग स्कुल पिपिई १, सेनिटाईजर १८, सर्जिकल ग्लोब्स १५०थान र अमृत डिष्टीलरी प्रालिले सर्जिकल मास्क १५सय थान दिएका छन् । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले सहयोगी हातहरुप्रति आभार प्रकट गर्दै महामारी बिरुद्ध बेलौरी नगरपालिकालाई पाएको सहयोगले कोरोना भाईरस परास्थ पार्नका लागि सहयोग हुने अपेक्षा राखे । भारत लगायतका मुलुबाट आएका १सय २२जना स्थानीयको स्वास्थ्य परीक्षण र एक हजार ४सय ३०विपन्न दैनिक ज्यालादारी गुजारा चलाउने परिवारलाई राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुस