श्रीमान सम्माननिय प्रधानमन्त्री ज्यू ,
बिषय :विस्वब्यापी माहामारी बाट बचाऔं

नेपाल सुन्दर शान्त र विशाल उर्भर पृथ्वी मा अबस्थित एक सानो टुक्रा हो।जहाँ प्राकृतिक,भौगोलिक सौर्न्दर्य ले भरिपुर्ण तराई पहाड हिमाल तिनै भौगोलिक क्षेत्रहरुमा आ आफ्नै छुट्टै विविधता बोकेको एक मात्र राष्ट्र नेपाल हो।हामी भित्र चार जात छत्तीस वर्ण को फुलबारि एक छुट्टै बिशेषता बोकेको विश्व को एक सुन्दर शान्त स्वतन्त्र मुलुक हो। विश्व मा थुप्रै ठुल्ठुला युद्ध हरु भए जस्ले हाम्रो मुलुक लाई छुन समेत सकेको थिएन,जस्ले गर्दा नेपाल एक स्वतन्त्र मुलुक को रुपले विस्वमा नै चिनिएको छ।नेपाल गौतम बुद्ध को देश ,नेपाल सगरमाथा को देश र नेपाल साहासी वीर गोर्खालीको देश भनेर विस्वमै चितपरिचित छ।आज विश्व मा कोरोना Lock down ले अहिले तेस्रो विस्वयुद्ध को सुरुवात चीनको बुहान प्रान्त बाट सुरु भइ विश्व परिक्रमा गर्ने दौडमा विस्वका शक्तिशाली देश हरु मा यस्को प्रभाव निकै परेको देखिन्छ ।आइतबारvसम्मको तथ्यांकअनुसार विश्वव्यापी बनिसकेको कोरोना महामारी हालसम्म १७ लाख ८१ हजार ३८३ जनामा पुष्टि भएको छ।यस भाइरसका कारण १ लाख ८ हजार ८६४ जनाको हालसम्म मृत्यु भइसकेको छ। संक्रमित र मृतक दर बढ्दै जाँदा कोरोना संक्रमित उपचारपछि स्वस्थ बन्ने क्रम पनि जारी छ। हालसम्म ४ लाख ४ हजार ५६९ जना उपचारपछि स्वस्थ बनेका छन्।कोरोनाले सबैभन्दा बढी प्रभावित देश हाल विस्वको शक्तिशाली देश अमेरिका हो। त्यहाँ ५ लाख ३३ हजार ११५ मा कोरोना पुष्टि भएको छ। त्यहाँ २० हजार ५८० को मृत्यु भइसकेको छ। प्रत्येक दिनमा झन्डै एक लाख कोरोना सन्क्रमित भएको खबर सुन्नमा आएको छ ।
अमेरिकापछि स्पेनमा १ लाख ६३ हजार २७ मा कोरोनाको संक्रमण देखिएको छ। त्यस्तै इटलीमा १ लाख ५२ हजार २७१ जना कोरोना संक्रमित छन्।चीनमा भने ८२ हजार ५२ कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय ३९ को मृत्यु भइसकेको छ।भारत मा प्रत्येक दिन मृत्यु हुनेको संख्या बढदै गएको सुन्न सक्छौ।आजको दिन सम्म आइपुग्दा हाम्रो देशमा मात्र १२ जना सन्क्रमित रहेको छ १२ मध्ये ११ जना भारत लगायत विभिन्न देशबाट आएका र १ जना कोरोना सन्क्रमित को भाउजू लाई देखिएको छ।जसमध्ये १अस्पताल बाट छुट्टि भएको ८ जना छिट्टै छुट्टी हुने प्रक्रिया मा रहेका र ३ जना नया सम्क्रमित भारतीय प्रहरी रहेको सुन्नमा आएको छ।२४ जना भारतीय प्रहरी नेपाल को मस्जिद मा लुकेर बसेको र खोजतलास गर्दा ३ जना भेटिएको जसमध्ये तिनै मा कोरोना देखिएको छ ।नेपाल मा पटक पटक गरि झण्डै ३ हप्ताको Lock down गर्ने निर्णय सरकारले गर्दै आएको छ आम नेपाली जनसमुदाय ले यसको पालना गर्दै आएको सबैलाइ जगजाहेर नै छ। हाल नेपाल मा अन्तर्राष्ट्रिय उडान बाह्य आओत जाओत बन्द गरेको छ।मुलुक यिअपमयधल को चपेटामा परे संगै भारत मा काम गर्न गएका हजारौं नेपाली नागरिक सिमा नाका मा अलपत्र परेको खबर सुन्नमा आएपनी पछिल्लो समय मा नेपाल सरकार र भारत सरकार बिच सहमती भएपछी जहाँ को त्यहि क्वारेन्टाइन मा बस्ने ब्यबस्थापक गरेको छ।नेपाल खुल्ला सिमाना भएको हुनाले नेपालमा भारत चीन का नागरिक सिधै नेपाल प्रवेश गर्ने को लहर भने रोक्न सकेको पाइदैन अहिले भारत मा दैनिक नया सन्क्रमित र मृत्यु हुने को सङ्ख्या बढ्दै गएको बेला भारतीय नागरिक लाई नाका मा पुर्न रोक नलगाए सम्म यिअपमयधल जति लम्भ्याए पनि हामी सुरक्षीत भएको अनुभुती गर्न सक्दैनौ भारत बाट दैनिक रुपले आउने दैनिक उपभोग्य समान आयात निर्यात मा समेत रोक लगाउनु आजको आवश्यकता हो। नेपाल सरकारले फेरि चौथौ पटक पनि Lock down थप्ने छलफल चलिरहेको एक श्रोतले जनाएको छ । भने काठमाडौं मा खुकुलो पार्ने र अन्य जिल्ला यिअपमयधल जारी नै रहेने भन्ने हल्ला पनि सुन्न मा आएको छ।अहिले को विषम परिस्थिति मा नेपाल मा Lock down गर्ने र भारत लगायत अन्य मुलुक को आयात निर्यात तथा अन्तर्राष्ट्रिय उडान बाह्य आओत जाओत बन्द नगरेको अबस्थामा Lock downगरेको औचित्य नरहने कुरा जान्कारी गराउन चाहन्छु।आज को यो विषम परिस्थितिमा भारत लगायत अन्य मुलुक को आयात निर्यात तथा अन्तर्राष्ट्रिय उडान त्यहाको अवस्था सामान्य नहुन्जेल सम्म कम्तिमा पनि २र३ महिना बन्द गर्ने र कोरोना सन्क्रमित बढेको अबस्था हेरेर एक दुई हप्ताकोLock down गर्ने Lock down को समय भित्र सिमित समय को लागि खाद्यान्न पसल,अस्पताल,बैंक खुल्ला गरि आम नागरिक को सहजता को लागि सरकार कदम चाल्नुपर्ने देखिन्छ यश बीचमा मुलुकको विभिन्न भेगबाट काम गर्न आएका प्रदेश सदरमुकाम मा वा शहर मा बस्दै आएका श्रमिक लाई बस्न सहज हुने गरि राहत प्याकेज उपलब्ध गराउने जस्ता कार्य गर्न समेत अनुरोध गर्दछु ।

साथै वसन्त ऋतुको हरियाली संगै आँउदै गरेको नया वर्ष २०७७ को पावन अबसरमा स्वदेश तथा बिदेश मा छरिरहनु भएका सम्पुर्ण इस्टमित्र, समाजसेवी , बुद्धिजीवी, शिक्षकबर्ग , ब्यापारी ,पत्रकार ,सुरक्षाकर्मी ,स्वास्थकर्मी ,विद्यार्थी , मजदुर लगायत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सुख, शान्ति , समृद्धि सु(स्वास्थ्य दीर्घायू का साथै चालीरहेका हरेक कदम कदममा सफलता मिलोस् एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

देशभक्त युवा

केशव सिंह महरा
शु न पा ०१- हाल काठमाण्डौ

प्रतिक्रिया दिनुस