कञ्चनपुर ,बैशाख ,३ । कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण रोकथामका लागि सरकार गरेको लकडाउनले समस्यामा परेका सिद्धनाथ विज्ञान क्याम्पस  पढ्ने विध्याथी लगायत कञ्चनपरमा लोक सेवा आयोगका तयारी गर्नका लगि डेरामा बस्ने विद्यार्थी खाद्यान्न समस्यामा परेकाहरुलाई नेकपा निकट अखिल क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष तथा सेतिमहाकाली व्यूरो सदस्य विध्यार्थी नेता नरेन्द्र भाटले राहत स्वरुप २० जनालाई खाद्यान्न वितरण गएिको छ ।

उदयदेब बहुउद्देश्यीय सहकारी संस्था र मेघा सहकारी संस्था लगायतका विभिन्न दाताहरु संग अनुरोध गरेर खाद्यान्न संकलन गरेर बितरण गरिएको नेता भाटले बताउनु भयो । जनप्रतिनिधी ध्यान डेरा बस्ने विध्यार्थीमा नपरेको बेला यो महामारीको संकटमा अध्ययनरत डेरा गरेर कोठा भाडामा बसिरहेलाई खाध्यान्न सहयोग गरेको हो ।

विध्याथीहरुल खाद्यान्नकोे समस्या परेको भनेर खवर गरे पछि आफुले सहयोग रकम संकलन गरेर १० केजि चामल, दाल, तेल लगायतका खाद्यान्न विध्यार्थीलाई वितरण गरेको नेता भाटले बताए । यस अघि भाटकै पहलमा केही दिन पहिले विज्ञान क्याम्पसका विद्यार्थीलाई एम्नेष्टिले राहत वितरण गरेको थियो ।

अखिल क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष तथा सेतिमहाकाली व्यूरो सदस्य विद्यार्थी नेता भाट एम्नेनिष्ट संस्थाका सदस्य पनि हुन लकडाउनको समयमा बिरामीको घर घरमा औषधी पु¥याईदिएर समाजिक काम गर्दै पनि आएका छन् । उनले अझैपनि समस्यामा परेका विद्यार्थी लगायत जुनसुकै समुदायको हितका काम गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुस