कञ्चनपुर बैशाख ४ । बनहरा सिविरका सुकुम्बासी परिवारलाई साझ बिहानको छाक टार्न समस्या परेको छ ।कोरोना भाइरसको राकथाम गर्न सरकारले गरेको लकडाउन लम्बिदै जादा मददुर , सुकुमबासी , दिनभरीकाम गरि खाने बर्गलाई साझ बिहान खाना खान समस्या परेको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको बनहरा सिबिरमा बसेका सुकुम्बासी परिवारलाई दिन कटाउन मुस्किल परेको छ ।

दिनभरी मजदुरी गरी खाने बनहरा नदिको किनारमा बसेका १९ परिवार खाध्यान्नको समस्यामा परेका छन । चैत्र १७ गते याक नेपाल संस्थाले ३० केजि चामल ,दाल, तेल ,नुन लगायत खाध्यान्न वितरण गरेको दल बहादुर बोहराले बताए उन्ले भने संस्थाले दिएको रासन सकियो अव के खाने भन्ने समस्या छ १९ परिवार छौ कसैको १० जनाको परिवार छ कसैको ५ जनाको छ हामिलाई अव खाना समस्या परेको छ अहिले सम्म झलारीको एक संस्था  गुड लक फाउनडेसन संस्थाले प्रति परिवार १० केजि चामल , १ लिटर तेल ,नुन १ केजी १ केजि दाल  औषधी दिएको छ ,एक जना अम्मरपुरका शिक्षक जगदिश अवस्थीले प्रति परिवार १ कठ्ठा चामललगायत  खाध्यान्न सहयोग गरेको बताए ।

जीवन काट्न मुस्किल परेको छ दिनभरी लेवरी गरेर साझको रासन लिएर आउने हामि हरुको खाध्यान्न र औषधीको समस्या परेको बिविरका अर्का व्यक्ती जिवन ताम्राकाले बताउनुभयो । अहिले सम्म स्थानिय सरकारको ध्यान हामिहरु माथी नपरेकोमा उन्ने दुख व्यक्त गरे अहिले सबै ठाउमा बन्द छ मागेर खान सक्ने अवस्था पनि नरहेको एका तिर रोकको डर छ भने अर्को तिर भोकमरीको डरले हामिलाई सताएको शुकुम्बासी राधा ताम्राकारले बताए ।

झलारीका सेतिकाली पत्रिकाका पत्रकार अर्जुन शिहले केहि दिनमा शुक्लाफाटा नगरपालिकाले राहात दिने तयारी रहेको छ भने पछि हामिहरु राहात पाउने आसामा बसेको सुकुम्बासी दल बहादुर बोहराले बताए ।

प्रतिक्रिया दिनुस