दिपक राज भट्ट डडेल्धुरा भागेश्वर ,बैशाख ,४ । डडेलधुराको भागेश्वर गाउँपालिकाले विश्व माहामारिका रुपमा रहेको नोबल कोरोना भाईरस बाट बच्नुका लागि लकडाउन गरे संगै गाउँमा अहिले खाध्यान्न अभाव भएको छ । यो समस्या लाई मध्य नजरमा राखेर गाउपालिकाले १५ प्रतिशत छुटमा सबै वडामा विपन्न परिवारलाई खाद्यान्न बिक्री वितरण गरिरहेको छ । गाउँपालिकाले ५ वटै वडामा स्थानीय व्यावसायी मार्फत खाद्यान्न, नुन, तेल सावुन लगायतका वस्तु उपलब्ध गराउन थालेको छ ।
अहिले राहत भन्दा पनि सुपथ मूल्यमा गाउँ–गाउँमा खाद्यान्न र उपभोग्य वस्तु पुगाउनु आवश्यक रहेको छ’ भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भट्टले भनिन, ‘ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना सुरु भएकाले अहिले सबैलाई खाध्यान्न अभाव भईरहेका कारण सुपथ मूल्यमा उपलब्ध गराउन गाउँपालिकाले काम सुरु गरेको हो ।’ यातायात संचालनमा छैनन् ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि सुरु हुन थालेको छ यसलाइ सहज र सुपथ मूल्यमा सर्वसाधारणले सबै उपभोग्य वस्तु पाउन सकुन पनि व्यावसायी मार्फत गाउँ–गाउँमा खाद्यान्न वितरण हुन थालेको पनि उनले जनाए । ‘दैनिक ज्याला मजदुरी गरेर खाने वर्गका लागि सरकारी तबरबाट दिइने राहत बाँड्न अझै सुरु गरिएको छैन’ उनले भनिन, ‘अहिले नै खाद्यान्न संकट उत्पन्न भएको छैन केही समय पछि राहतका रुपमा खाद्यान्न र उपभोग्य वस्तु वितरण गरिने छ ।’
प्रदेश सरकार र स्थानीय तहले विपन्न र गरिबलाई राहत बितरणका लागि बेग्लाबेग्लै प्याकेजको घोषणा समेत गरिसकेका छन । तर अहिलेसम्म यसरी घोषणा भएका प्याकेजको राहत भने गाउँसम्म पुग्न सकेको छैन । जनप्रतिनिधिहरुले राहत कसलाइ दिने भन्ने सूची तयार गरिरहेको र त्यस पछि मात्र राहत बितरण गरिने भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस