विकास सिह महता,कञ्चनपुर ,बैशाख , ४ । सत्ताधारी नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)निकट अनेरास्ववियू कञ्चनपुरले सिद्धनाथ विज्ञान क्याम्पसमा राहत सहयोग गरेको छ । अनेरास्ववियू कञ्चनपुरले लकडाउनका समयमा डेरामा बस्ने विद्यार्थीलाई खाद्यान्न वितरण गर्नका लागि राहत सहयोग गरेको हो ।
बिहीबार अनेरास्ववियुका विद्यार्थी नेताले क्याम्पस प्रशासनलाई राहत समाग्री हस्तान्तरण गरेको अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले बताए । कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका अनेरास्ववियू कार्यालय सदस्य भट्टले सहायक क्याम्पस प्रमुख करन सिह महरालाई अनेरास्ववियूका केन्द्रीय सदस्य भीम भट्ट, जिल्ला अध्यक्ष बिरेन्द्र राज विष्टले राहत हस्तान्तरण गरेका थिए ।
नेता भट्टकाच अनुसार ८ बोरा चामल, २ बोरी दाल र ३० पोका तेल हस्तान्तरण गरिएको छ । ‘सरकारले राहत हस्तान्तरणका लागि एकद्वार प्रणाली अबलम्बन गरेको छ, ‘उनले भने, ‘सिधै विद्यार्थी माँझ हामीले राहत दिनुभन्दा क्याम्पस प्रशासनले स्थानीय सरकारको रहोबरमा विद्यार्थीलाई वितरण गर्ने छ ।’
अनेरास्ववियूको विज्ञान क्याम्पसलाई राहत हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य भीम भट्ट, जिल्ला संयोजक बिरेन्द्र राज विष्ट, कार्यालय सदस्य किशोर भट्ट, अर्जुन भट्ट, नरेन्द्र कार्की सचिवालय सदस्य कमल रोकाया, अमर बहादुर धामी लगायतको उपस्थिति रहेको थियो । सत्ताधारी विद्यार्थी निकट अनेरास्ववियू कञ्चनपुरले जिल्लाभरी रहेका शैक्षिक संस्थाले पहिलो चरणमा आफैले डेरामा बस्ने समस्या भएका विद्यार्थीलाई राहत दिनुपर्ने अभियान संचाएका थिए ।
त्यसको फलस्वरुप सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस र जनज्योतिले राहत वितरण गरेको अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियू कञ्चनपुरका संयोजक समेत रहेका बिरेन्द्रराज विष्ट अध्यक्ष रहेको महेन्द्रनगर मावि९साधारण०ले समेत आफ्नै कोषबाट राहत वितरण शुरुवात गरेको थियो । अनेरास्ववियू कञ्चनपुरले पहिलो चरण आ–आफ्नो विद्यार्थीलाई राहत दिनुपर्ने विभिन्न क्याम्पस, विश्वविद्यालयसंग अपिल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस