बैतडी, वैशाख ४ । बैतडी जिल्लाको पुर्चौंडी नगरपालिकाले विकास बजेट बाहेकका सबै नगरपालिको रकम कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिनुभयो ।

यस्तै नेपाल सरकारले पारित गरेको क्वारेन्टाइन निर्माण कार्यविधि २०७७ अनुसार ३ सय ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय समेत भएको प्रवक्ता धामीले बताए । यस्तै कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि एक वडादेखि अर्को वडामा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय समेत भएको छ। बैंकिङ सेवा, स्वास्थ्य सेवा र खाद्यान्न ढुवानीका लागि जानुपरेमा अनिवार्य वडाको सिफारिश हुनुपर्ने निर्णय समेत प्रवक्ता धामीले बताए ।

प्रतिक्रिया दिनुस