विकास सिह महता
कञ्चनपुर, बैशाख, ५ ।कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पनि निरन्तर सहयोग पाईरहेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कृष्णपुर नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोष र राहत कार्यक्रममा स्थानीयदेखि विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । कृष्णपुर नगरपालिकाले जारी गरेको सुचना अनुसार कोरोना बिरुद्धको अभियानमा सहयोगी हातहरु निरन्तर छन् । कृष्णपुरमा व्यक्ति, नेता, समाजसेवि, सामुदायिक वन, निजी विद्यालय लगायतका सरोकारवाला निकायले राहत सहयोग गरेका छन् ।
बिरेन्द्र सामुदायिक वन १०क्विन्टल चामल, गौरादेवि सामुदायिक वन १० हजार, सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति सदस्य रोहित जंग कुँवरले ५ क्विन्टल चामल, महाकाली यातायात बहुउदेशीय यातायात प्रालिका अध्यक्ष डम्बर पन्त ११ हजार र महासचिव विष्णू कडेल १५ हजार, निजी विद्यालयका तर्फबा १५क्विन्टल चामल, सिता सामुदायिक वन २५ हजार, सृजनशील सहकारी २१ हजार, नेपाली काँग्रेस कृष्णपुर नगर समिति १०क्विन्टल चामल, र कञ्चनपुर उद्योग वाणिज्य संघले ४ क्विन्टल चामल दिएको छ ।
सहयोगीहातहरुप्रति कृष्णपुरका मेयर कर्ण हमालले आभार प्रकट गरेका छन् । यस्तै कृष्णपुरमा ३० क्वारेन्टाईन बेडमध्ये १६जना रहेका छन् । भने हालै भारत लगायत विदेशबाट ८ सय ७९ आएका छन् ।

प्रतिक्रिया दिनुस