काठमाडौं, बैशाख ,५। नेपालमा कोरोना भाइरस (कोभीड–१९) का १४ जना नयाँ संक्रमित फेला परेका छन । उदयपुरमा १२ जना र चितवनमा २ जना गरि १४ जना नयाँ संक्रमित थपिएका हुन् । यसअघि उदयपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको र अन्य ४ जना पनि संकास्पद रहेको बताइएको थियो ।

उदयपुर स्थित मस्जिदमा लुकेर बसेका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै चितवनको भरतपुरमा कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुई रिपोर्ट पनि पोजेटिभ आएको छ । बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो ।

उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुस