कैलाली ,बैशाख ,५। कोरोना भाइरस (कोभिड १९ )को संक्रमण रोकथाम र उपचार प्रभावकारी बनाउन ३३ जनाको चिकित्सकहरुको टोली काठमाडौंबाट आजै धनगढी पुगेको छ ।

सुदूर पश्चिमका जिल्लाहरुमा कोरोना सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको टोली सुदूर पश्चिम प्रदेश पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयले यति विमान चार्टर्ड गरेको जहाजमा चिकित्सक टोली धनगढी आएको हो ।

कोरोना चिकित्सकको टोली सुदूर पश्चिमको धनगडी पुगे पछि सुदूरपश्चिममा कोरोना राकथामको लागि केहि आसा जागेको छ ।काठमाडौंबाट आएको टोलीलाई आवश्यकताको आधारमा विभिन्न जिल्ला खटाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले टोली पुगिसकेको र कोरोना सङ्क्रमण जोखिम बढिरहेको क्षेत्रमा उनीहरुलाई खटाउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुस