बैतडी, वैशाख ,६ । बैतडीको डिलाशैनी गाउँपालिकामा केन्द्रको बिषयलाई लिएर आन्दोलन गरिरहेको पक्षले कोरोना नियन्त्रण सम्बन्धीको अभियानलाई सघाउने बताएको छ । शनिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै अहिलेका लागी आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको र लकडाउन खुलेपछि भने आन्दोलन जारी राख्ने र अवको आन्दोलन निर्णायक हुने जनाएको छ ।

गत २०७६ चैत २ गते वडा न. ६ को कार्यालयमा गरिएको तालाबन्दी शुक्रवार गाउँपालिका अध्यक्षको निर्देशनमा खोलिएको भन्दै आन्दोलनरत पक्षले आपत्ति जनाएको छ । डिलाशैनि न्यायिक आन्दोलन समितका वडा न।.६ संयोजक धनसिंह मालद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उक्त कुराहरु उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्षको निर्देशनमा ताला तोडिएको सम्बन्धमा भने, आन्दोलनरत पक्षकै मागअनुसार आफु छलफल गर्न पुगेको र छलफलमा कोहिपनि सहभागी नभएपछि कोरोना बिरुद्धका गतिबिधि सञ्चालन गर्न भन्दै ताला खोलेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुस