कञ्चनपु ,बैशाख ६ ।कञ्चनपुमा रातिको समयमा २ युवतिमाथी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गर्ने ५ युवक सहित २ बालक ७० हजार जरीमानामा छुटेका छन्।पीडीत पक्षका अनुशार युवतिमाथी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गर्ने ५ युवक सहित २ बालक लाई समान १०–१० हजार जरीमाना सहित छाडिएको हो।

तर प्रहरीले जरीवाना तिराएर छुटाएको बेलौरीको यो पहिलो घटना भने होईन्। एक स्थानिय भन्छन्,–‘जस्तो सुकै घटना भएपनि प्रहरीले दर्ता गर्न मान्दैन पैसाकै चलखेलमा घटना मिलाउन खोजिन्छ।’

ईलाका प्रहरी कार्यालय बैलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दका अनुशार जनप्रतिनिधि सँग बसेको छलफलले बेलौरीनगरपालिका ९ कुण्डा हाल हात्तिभोज बस्ने सन्तोष ऐर, सुरेन्द्र ऐर, कुण्डाका करन ऐर, जनक बिष्ट र प्रेम चन्द सहितका २ बालकलाई पहिलो पटकका लागी ७० हजार जरीमाना सहित छाड्ने निर्णय गरीएको हो।

यद्यपी उनले उक्त धरौटी रकम प्रहरीले नराखेको दावी गरे। उक्त रकम पिडीत पक्षलाई उपलब्ध गराईने भएकाले प्रहरीले दुवै बिचमा पुलको भुमिका निर्वाह गरेको उनले बताए।

कलकत्ताका दुई युवकको मोटरसाईकमाथी भएको तोडफोडको जिम्मा लिई उक्त मोटरसाईकल बनाउने पिडकले सहमति गरेको बताए।
तर पिडीत पक्षले भने प्रहरीले बाध्य पारेर घटना मिलाउन लगाएको आरोप लगाएको छ।

पिडीत युवतिका आफ्न्तले भनेर्, रातिको समयमा गुण्डागर्दी शैलीमा बहिनी माथी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गरीयो तर पनि प्रहरीले उन्मुक्ति दियो।’
घटना क्रम …
बैसाख १ गते राति ९ बजे बेलौरी नगरपालिका ९ कुण्डा बाट सिङ्पुर घर फर्किने क्रममा ५ जनाको समुहले मोटरसाईकलको चावि खोसी युवतिमाथी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गरेका थिए।

पिडीत पक्षको जाहेरीका आधामा उनिहरुलाई मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरी झिकाईएको थियो। तर कोरोना भाईरसको विश्वव्यापी संक्रास छाएका बेला उनिहरुलाई धेरै समय नियन्त्रणमा राख्न सकिने अवस्था नभएपछि शुक्रबार १०, ८ र ९ नम्बर वडाका वडा अध्यक्ष र केहि स्थानियको छलफलमा पहिलो पटकका लागी छोड्ने निधो गरीएको प्रहरी निरीक्षक चन्दले बताए।

सोहि राति २ थप घटना भएका थिए

बैसाख १ गते राति ८ बजेदेखी उक्त ५ जनाको समूह बेलौरी नगरपालिका स्थीत कुण्डामा जम्मा भयो। उनिहरुले पहिलो हिसांत्मक आक्रमण सोहि ठाउँका गर्भु राना सहित २ जनामाथी गरे।

मोटरसाईकलको चावि थुति हातपातको प्रयास समेत गरे। तर चिनजानका नै परेकाले पछि आफुहरुलाई छाडेको उनले बताए। रातिको समयमा ‘घर गईरहेका थियौँ, एकाएक ५ जनाको समुले लुटपाट शैलीमा आक्रमणको प्रयास ग¥यो, बाईकको चावी खोस्यो पछि चिनजानका परेपछि आधा घण्टा पछि छाडे।’

लगत्तै कलकत्ताका २ युवक सवार बाईक समेत सोहि बाटो भएर आयो उनले भने,र्–उनिहरुलाई पनि रोके, हातपात गरे बाईकको क्लोज तोडीदिए झडप भयो। उक्त झडप पछि उनिहरु घर फर्किए।’

तर आधा घण्टा पछि कुण्डा बाट गहुँ काटेर घर सिङ्पुर गईरहेका २ युवति सवार मोटरसाईकल माथी ५ जनाको समुहले गुण्डागर्दी शैलीमा आक्रमण ग¥यो।

युवतिले प्रहरीमा दिएको जाहेरीका आधारमा उनिहरुमाथी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गरीएको थियो। तर लगत्तै गाउँलेहरुले थाहापाएपछि घटना स्थलमा पुगेर युवतिहरुको उद्धार गरे।

प्रहरी पुग्दा सम्म उनिहरुको समुह फरार भईसेको थियो। युवति, तथा अन्य युवकको जाहेरीका आधारमा मंगलबार उनिहरुलाई प्रहरीले नियन्त्रणमा लियो। शुक्रबार भने सहमति गर्न बाध्य पारेर घटना मिलाएको पिडीत पक्षले दुखेसो गरे।

प्रतिक्रिया दिनुस