लाल ब.एसके
कोरोना भाईरस (कोडिभ–१९)को संक्रमणले विश्व आतङकित पारिरहेका बेला त्यसले दक्षिण एसिया नेपाल भारतमा समेत प्रभाव पारेको छ । भारतमा सयौँको संख्यामा मानिसको मृत्युभईसकेपनि नेपालमा भएको छैन् ।
नेपालमा कोरोनाको प्रभाव रहेको छ । कोरोना रोकथामका लागि नेपालमा धेरै प्रयास भईरहेका छन् । निजी, सरकारी स्तरबाट समेत पहल भईरहेको छ ।
यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका ३ रामबस्तीका स्थानीय एव ईन्जिनियर बैद्य कुमार तामाङ्गले जिल्लाका पाँच स्थानीय तहलाई स्वाथ्य सुरक्षा समाग्री वितरण गरेका छन् ।
दुई सातसात–ईन्जिनियरिङ्ग कल्सलटेन्सीका संचालक समेत ईन्जिनियर तामाङ्गले पुर्नवास, बेलौरी,बेदकोट, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँलिकालाई गनथर्मामिनटर वितरण गरेका हुन् । पुर्नवासमा दुई थान, बेलौरीमा १थान, बेदकोटमा १ थान, कृष्णपुरमा १ थान र बेलसडाँडीमा १थान गरि जम्मा ६ गनथर्मामिटर वितरण गरेका छन् ।
दुई सातसात–ईन्जिनियरिङ्ग कल्सलटेन्सीका संचालक ईन्जिनिर बैद्य

कुमार तामाङ्गले कोरोनाबाट बाँच्नका लागि गन थर्मामिटर दिएको बताए । ‘विभिन्न स्थानीय तहबाट नागरिकलाई ज्वरो आएपछि समस्या देखिएको गुनासो आयो, ‘उनले भने, ‘ज्वँरो नाप्ने यन्त्र अभावका कारण नागरिकको सुरक्षामा चुनौति थपियो ।’ स्थानीय तहसंग समन्वय नै गरेर गन थर्मामिटर ल्याएर हस्तान्तरण गरेको बताए । स्थानीयले तहका जनप्रतिनिधीले ईन्जिनियर तामाङ्गप्रति आभार प्रकट गरेका छन् । उनले व्यक्तिगत लगानीमै स्थानीय तहलाई गनथर्माटिर दिएका हुन् । युवा ईन्जिनियर समेत रहेका तामाङ्गको समाजिक कार्यप्रति स्थानीय समेत हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुस