डम्बर भट्ट,
कञ्चनपुर, बैशाख ,१२ । काठमाण्डौँका समाजसेवी प्रविण श्रेष्ठ र साबु सुनारले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।
समाजसेवी श्रेष्ठ र सुनारले भीमदत्त नगरपालिकालाई ८५ बोरा चामल सहयोग गरेका हुन् ।

दैनिक ज्वालादारी गुजारा चलाउने परिवारका लागि उनीहरुले खाद्यान्न सहयोग गरेका छन् । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य योगेश साउद, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एव महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी कञ्चनपुरका युवा उद्यमी किरण साउद र युवा संघकै केन्द्रीय सदस्य दिपक डोटेलीको पहलमा राहत हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका विच राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य योगेश साउद, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एव महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०, कञ्चनपुरका युवा उद्यमी किरण साउदले भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टलाई खाद्यान्न हस्तान्तरण गरेका छन् । मेयर सुरेन्द्र विष्टले नगरपालिका क्षेत्रका गरिब विपन्न एव दैनिक मजदुरी गरि गुजारा चलाउने परिवारका लागि खाद्यान्न दिलाउन पहल गर्ने र दिनेदाताप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुस