कैलालीमा ८ महिने गर्भ बोकेकी महिलाको हत्याको आरोप लागेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ फारर्म ख’ घर भएकी ३० वर्षीया तुलसी घर्तिक्षेत्री चौधरीकोे हत्या गरीएको माईति पक्षले आरोप लगाएका हुन्। वैसाख १ गते राति श्रीमान र जेठानिले उनको हत्या गरेको माईतीपक्षले आरोप लगाए। तुलसीका दाई दिलबहादुर घर्ति क्षेत्रीले दोषी उपर कार्वाहीको माग गरे।

१ गते राति मृत फेला परेकी तुलसीकोे पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आत्महत्या दुरुत्साहनमा मृतकका श्रीमान लाल बहादुर चौधरीमाथी मुद्धा चलाई थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।यद्यपी हत्या नै गरीएको भए कर्तव्य ज्यानको मुद्धा लगाईने प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

प्रेम बन्धनमा थिए–यस अघि लालबहादुर र तुलसी

कैलालीको घोडाघोडी नगरपालिका ५ घर भएकी तुलसी क्षेत्री परीवारकी हुन्। उनी आज भन्दा ७ वर्ष पहिले सोही ठाउँका लालबहादुर सँग मायाबन्धनमा बाँधिईन्।२०६९ माग महिनामा दुवैको भागी विवाह भयो। तर क्षेत्री परीवारमा हुर्केकी तुलसीसँग चौधरी परीवारका सदस्यले भने रुष्ट थिए। भागी विवाह भईसकेपछि तुलसी माईत पनि फर्कीन सक्दैनथिन्।श्रीमान लालबहादुर सँग प्रेम बन्धमा बाधीएकी तुलसी श्रीमानकै साहारामा घरधन्दा अगाडी बढाउथिन्। उनको पहिलो सँन्तानको मृत्यु भएको थियो। दोश्रो सन्तानका रुपमा छोरा छन्।

तर परीवारका अन्य सदस्यको दैनिक कलह, श्रीमानको असहयोगले उनि आजित बनिन्। त्यसैमा उनिमाथी गम्भीर आरोप लगाईयो–गर्भमा हुर्किरहेको तेश्रो सन्तान आफ्नो होईन्।पटक–पटक शारीरीक पिडा खेप्दै आएकी तुलसी गर्भमा रहेको तेश्रो सन्तान श्रीमानले आफ्नो होईन भनेपछि छाँगाबाट खसेझै भईन्। तर पनि शिशु गर्भमा खेलाईरहेकी थिईन्। आठ महिना पुगी सकेको थियो, यो वैसाखमा।

के हो घटना ?

वैसाख १ गते दिनभरी घरमा खुसीयाली थियो। चौधरी समुदायमा नयाँ वर्षमा नयाँ पकवान सँगै जाँडको झोल खाने परम्परा यथावत छ। सोहि अनुरुप श्रीमान सहित तुलसी जेठानि ‘जेनिसा’को घरमा गए। रक्सी पिउदै थिए।साझँ साढे ६ भईसकेको थियो। रक्सी सिद्धिएको भन्दै तुलसीका श्रीमानलाई पसल लगाईयो। सोहि समयमा तुलसी र जेठानि जेनिसाबिच चौधरी समुदायमा विवाहको विषयलाई लिएर चर्काचर्कीे भयो। हातपात सम्म भयो।८ महिने गर्भ खेलाईरहेकी तुलसी हातपात गर्ने मनसायमा थिईनन्। तर उनलाई घिसार्दे कुटपीट गर्दे घर पुगाईन जेनिसाले। तुलसी कोठामा गएर लुकीन्।
लालबहादुरलाई फोन मार्फत जेनिसाले तुरुन्त घर आउन भनिन्। भाउजुको कुरा पछि तुलसीलाई बाहिर बोलाईयो। डराएकी तुलसीले ढोका भने खोलीनन्। ढोकामा लात्ता हिकाईएपछि उनले भित्रबाट ढोका खोलेर बाहिर भाग्न खोजीन्।

तर लालबहादुर र जेनिसाले उनलाई बाटोमै समाते। दोपट्टा निकाटेर घर्सादै कोठामा पु¥याए। घटना हुदा सम्म रातिको ८ बजी सकेको थियो। ८ महिने गर्भ बोकेकी तुलसीले सोहि समय प्राण त्याग गरीन्।

घटना पछी मृतकका परीवारले माईतिपक्षलाई जानकारी गराए। घर नजिकै माईति पक्ष भएकाले दौडीएर घटना स्थल पुगे। घटना स्थल पुग्दा शब देखीयो। शब बाहिर राखीएको थियो। प्रहरीलाई माथिल्लो तलामा झुण्डीएको भनेर खबर गरीयो।

परीवारले भने कै आधारमा प्रहरीले पनि घरको माथिल्लो तलामा शब झुण्डाईएको मुजुल्का तयार पा¥यो। माईती पक्षलाई सोहि आधारमा आत्महत्या भएकाले हस्ताक्षर गर्न दवाव दिईयो।

जबरजस्ती हस्ताक्षर गर्न लगाईयो–दिलबहादुर

घटना पछि प्रहरीले परीवारको कक्षनका आधारमा उठाईएको मुजुल्कामा आफुलाई जबरजस्ती हस्ताक्षर गर्न लगाईएको मृतकका दाई दिलबहादुरले भने।

आफुले पटक पटक ८ महिने गर्भ बोकेकी बैनिले आत्महत्या गर्ने नसक्ने र कुटपिट बाट हत्या गरीएको हो भनि अनुरोध गर्दा समेत प्रहरीले बढी जान्ने हुन्छस् भन्दै जबरजस्ती आत्महत्या गरेको उठाईएको मुजुल्कामा हस्ताक्षर गर्न लगाए।’

तुलसीलाई परीवारका सदस्यले पटक पटक शारीरिक तथा मानसिक तनाव दिने गरेका बताउदै उनले हत्याको आशंकामा रहेकाहरुलाई पक्राउ गरी सत्यतथ्य अनुसन्धान गर्नका लागि प्रहरीसँग आग्रह गरीएपनि कुनै सुनुवाई नभएको बताए।

तर प्रहरीले आत्महत्या दुरुत्साहनमा मृतकका श्रीमान माथी दिएको किटानि जाहेरीका आधारमा अहिले लाल बहादुर माथी मुद्धा चलाईएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले हत्या वा आत्महत्या भन्न नमिल्ने बताए। यद्यपी हत्या नै गरीएको भए कर्तव्य ज्यान अन्र्तगत मुद्धा चलाईने उनले बताए।

प्रतिक्रिया दिनुस