कृष्ण नेपाली,
कञ्चनपुर, बैशाख, १६,। कोरोना भाइरस (कोभिड १९ )का कारण स्वास्थ्य क्षेत्र सबैन्दा बढि जोखिममा परेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गते देशभर लकडाउन गरेको छ । लकडाउनकै कारण कञ्चनपुरमा रगत बैंकका रगत अभाव देखिएपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले रक्तदान गरेका हुन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्य भीम भट्टले शुरुमै रगत दिएर रक्तदानको शुरुवात गरेका थिए । अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ११ जनाले रक्तदान गरेको बताए । उनका अनुसार अनेरास्ववियूका केन्द्रीय सदस्य भट्ट सहित जिल्ला अध्यक्ष बिरेन्द्र राज विष्ट, अनेरास्ववियू कार्यालय सदस्य नरेन्द्र कार्की, कैलाशचन्द्र गिरी, अनेरास्ववियू सचिवालय सदस्य कमल रोकाया, प्रेम रावल, सुरेश भट्ट, रमेश पन्त, जिल्ला सदस्य पुष्कर भट्ट सुप विश्वविद्यालय सदस्य हेमन्त अवस्थी र समाजसेवी थानेश्वर जोशीले रक्तदान गरेका छन् ।

अनेरास्ववियू कञ्चनपुरका सचिवालय सदस्यद्वय कैलाशचन्द्र गिरी र नरेन्द्र कार्कीले जस्तो जुुकै विषम परिस्थितिमा पनिअनेरास्ववियूले स्वयमसेविक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष लकडाउनका समयमा जिल्लामा रगत अभाव हुँदा बिरामी समस्यामा परेकाले अनेरास्ववियूले रक्तदान गरेको बताए । ‘लकडाउनमा रगत अभाव भएको रहेछ, ‘उनले भने, ‘रगत अभाव हुँदा बिरामीको उपचार समस्या भयो, हामीले रेडक्रसमा रगत अभाव भएको थाहा पाएर रक्तदान गरेका छौँ ।’ कोरोनाका कारण सिङ्ग नेपाल मात्र नभई विश्व मानव जगतपनि संकटमा परेको यतिबेला अन्य रोगका बिरामी संकटमा परेकाले उनीहरुको उपचारमा सहजहोस भन्ने उदेश्यले रक्तदान गरेको अध्यक्ष विष्टले बताए ।

नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरले संकटका बेला अनेरास्ववियूले रक्तदान गरेको भन्दै आभार प्रकट गरेका छन् । स्थानीयले समेत अनेरास्ववियूको कामप्रति प्रसंसा गरेका छन् । विद्यार्थीका शैक्षिकमुद्दादेखि राष्ट्रियता र जस्तोसुकै परिस्थितिमा अनेरास्ववियू कञ्चनपुरले अहम भूमिका निर्वाह गरेको भन्दै स्थानीय र सरोकारवाले समेत अनेरास्ववियूको समाजिक कामको उच्च प्रसंसा गरिरहेका छन् । रेडक्रसले अनेरास्ववियूलाई धन्यवाद सहित प्रमाण पत्र समेत दिएको छ ।

प्रतिक्रिया दिनुस