कञ्चनपुर, बैशाख ,१६ ।कोरोना भाईरस (कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कर्मचारी लगायतका सरोकारवाला निकाय यतिबेला कोरोना बिरुद्ध युद्धस्तरको मैदानमा छन् । सबैले आ–आफ्नो ठाँउबाट अहम भूमिका निर्वाह गरिरहेका छन् । तर, काँग्रेसी नेता समेत रहेका कैलाली गोदाबरी नगरपालिका १०का वडाध्यक्ष भने, यतिबेला कोरोना कहर र लकडाउनका बेला भारतीय नम्बर प्लेट त्यसमा पनि हतियार बोकेर अर्को जिल्ला कञ्चनपुर आएको घटनाले समग्र देशकै ध्यान कैलाली कञ्चनपुरतिर तानेको थियो ।
कोरोना बिरुद्धको महाअभियानमा जुटिरहेका बेला गत २५ चैत्रमा भारतीय नम्बर प्लेटको जिपमा हतियार बोकेर कञ्चनपुर आएका कैलालीको गोदाबरी नगरपालिका १० का वडाध्यक्ष रविन्द्र शाही(गुडडु)कञ्चनपुर प्रहरीको नियन्त्रणमा आएका छन् । वडाध्यक्ष शाही बिरुद्ध कञ्चनपुर प्रहरीले हात हतियार खरजना अन्र्तरगत मुद्दा दायर गरेको थियो । चैत्र अन्तिम साता प्रहरीले वडाध्यक्ष पक्राउ गर्नका लागि आदालतबाट अनुमति लिएको थियो ।

घटना घटेको १९औँ दिनमा वडाध्यक्ष स्वयम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सम्पर्क आएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले आईतबार आफै प्रहरीको सम्पर्कमा आएका वडाध्यक्षलाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए । ‘घटना बारे थप अनुसन्धान गर्नका लागि आदालतबाट म्याद थप गरेका छौँ, ‘प्रवक्ता पौडेलले भने, ‘वडाध्यक्ष अहिले प्रहरीले नियन्त्रणमा छन् ।’
कैलाली गोदाबरी नगरपालिका १० का वडाध्यक्ष शाही भारतीय नम्बर प्लेटको डिएल ३ सिसिआर ३९९७ मा हतियार बोकेर कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ गुलरिया आएका बेला सशस्त्र प्रहरीको टोलीले गत मंगलबार गाडी र हतियार बरामद गरेको थियो ।
लकडाउनको समयमा भारतीय नम्बर प्लेटको सवारी साधन किन कसरी संचालन भएको भन्दै त्यहाँ खटिएका सशस्त्र प्रहरीले रोकेपछि वडाध्यक्ष शाही भागेको सशस्त्र प्रहरीले जनाएको थियो ।
कोरना भाईरस९कोडिभ–१९०को कहरबाट कञ्चनपुर आक्र्रान्त भईरहेका बेला सीमा क्षेत्रबाट कोरोनाको चेन पत्ता लगाउन सफल भएको सशस्त्र प्रहरीले वडाध्यक्ष चढेको भारतीय नम्बर प्लेटको जिपबाट दुई थान बन्दुक सहित बरामद गरेपछि सशस्त्र प्रहरीको चौतर्फि प्रसंसा भईरहेको छ । लकडाउनको समय रु वडाध्यक्ष जनताको सुखदुखमा वडामा खटिनु साटो हतियार बोकेर अर्को जिल्लामा प्रवेस गर्न खोज्दा उनी सशस्त्र प्रहरीको फन्दामा परेका थिए ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले वडाध्यक्ष चढेको गाडीबाट प्वाइन्ट टु–टु एसलआर एक थान, त्यसको बुलेट १४ थान, एअरगन एक थान तथा त्यसको छर्रा १९६ थान बरामद गरिएको बताएका थिए ।
साथै अध्यक्ष शाहीको नाममा रहेका गाडीबाट मेघा, हिमालय, एन।आई।सी एसिया, गरिमा विकास, आरबि एम ईण्डियन, आईएमई कार्ड नेपाली काँग्रेस लेखिका सदस्यका कार्ड बरामद गरिएका छन् । वडाध्यक्ष शाही आफै गाडी चलाइरहेका वडाध्यक्ष शाही सशस्त्र प्रहरीको टोली देखेपछि गाडी रोकेर भागेको सशस्त्र प्रहरीले जनाएको थियो ।
वडाध्यक्ष शाहीका केही समर्थकले दुईमध्ये एउटा हतियारको लाइसेन्स सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनको बचाउ गर्दै आएका थिए ।
लाईसेन्स छ भन्दैमा लकडाउनको समयमा वडाध्यक्ष जस्तो जिम्मेबारी व्यक्तिले भारतीय नम्बर प्लेटको गाडीमा हतियार बोकेर अर्को जिल्ला आउनु कति गैर कानुनी कानुनी विषय हेर्न समेत नागरिकले सर्मथकहरुलाई आग्रह गरेका छन् । लाईन्सेस भएपनि लकडाउनको समयमा बोक्न मिल्छ कि रु मिल्दैन त्यो स्वयमले जानुपर्ने विषय भएको नागरिकको भनाई छ ।
सशस्त्र प्रहरीले भने गाडी चेकजाँच गर्दा हतियारका कागजात फेला नपरेको जनाएको थियो ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाही गत माघ दोस्रो साता धनगढीमा जुवाको खालबाट पक्राउ परेका थिए । पछि उनी धरौटी बुझाएर रिहा भएका थिए । उनी सहित १६ जना जुवाखालबाट पक्राउ परेकाले ९ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
कहिले वडाध्यक्ष शाही जुवाखालबाट कहिले उनले बोकेका हतियार बरामद भएपछि वडाबासी चिन्तित भएका छन् । चुनावका बेला कस्ता व्यक्तिलाई भोट दिएको भन्दै वडाबासी पछुताईरहेका छन् । लकडाउनको समयमा हतियार सहित हिडेका जुनसुकै शक्तिशाली व्यक्ति भएपनि कार्बाहीको माग गरिएको छ ।
यस अघि जुवाखालबाट पक्राउ परेका वडाध्यक्ष अहिले उनले चलाएको गाडीबाट हतियार बरामद हुँदा काँग्रेसले उनलाई बचाउ गर्छ कि कार्बाही स्वयम काँग्रेस नेता कार्यकर्ता अन्यौलमा परेका छन् । केही काँग्रेस नेता कार्यकर्ताले अपराधमा संलग्नलाई कार्बाहीको माग अघि सारेका छन् । घटनाको सर्बस्त्र बिरोध हुँदै हतियार किन के प्रयोजन केका लागि ल्याएको बारे स्पष्ट हुनुपर्नेमा जोड दिईएको छ । वडाध्यक्ष शाहीले कुन प्रयोजनका लागि बोकेको भन्नेबारे अझै स्थानीय अन्यौल छन ।

इजाजत पत्र बेगर वा इजाजत पत्र भएतानि कुनै गैर कानुनी काम गर्ने हेतुले कुनै व्यक्तिले हातहतियार वा खरखनाम निकासी वा पैठारी गरेकोमा वा एक जिल्लाबाट अर्को जिल्लामा ओसार पसरार गरेको शंका लोमा सहायक निरीक्षम दर्जा वा सो भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृतले त्यस्तो व्यक्तिको जीउ र त्यस्तो बुतु भएको शंका लागेको गाडी, पोका, भारी बोक्ने जवानहरु र वसार पसार गर्दाको बासकहरुको रोकी खान तलासी गर्न र त्यस्तो बस्तु फेला परेमा निजलाई बिना क्वारेन्टी गिरफ्तार गर्न र त्यस्तो हातहतियार वा खरखजाना कब्जा गर्न सकिने काुननी प्रावधान रहेको छ ।

कानुनी व्यवस्था अनुसारै कार्बाही हुने कञ्चनपुर प्रहरीले नागरिकलाई आश्वस्त पारेको छ । घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको स्थानीयले माग अघि सारेका छन् । सत्ताधारीका नेता कार्यकर्ताले प्रमुख प्रतिपक्षीय दलका नेता नेता कार्यकर्ताले अनावश्यक वडाध्यक्षदेखि, स्थानीय तह, प्रदेश, सघ सरकारका जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई फगतको आरोप लगाईरहेका बेला आफ्ना पार्टीबाट निर्वाचितहरु यसरी लकडाउनका बेला अर्को जिल्लामा गएर हतियार सहित पक्राउ गरेको विषयले काँग्रेसी जनप्रतिनिधी र तिनका नेताहरु जनताको सेवा भन्दा यस्ता अवैध काममा संलग्न हुने तर, नेकपाले नेता, कार्यकर्ता एव जनप्रतिनिधीले जनताको सेवा गर्दा पनि अनावश्यक राजनीतिक पुर्वाग्रह राखेर प्रचारबाजी गर्ने कटाक्ष गरेका छन् । तर, स्वतन्त्र विश्लेषकहरुले भने यस्तो कोरोना कहरका बेला जनप्रतिनिधी हतियार सहित हिड्नु र पक्राउ पर्नुबाट जनता जनप्रतिनिधीप्रति रुष्ट हुँदै गएको विश्लेषण गरेका छन् ।

प्रतिक्रिया दिनुस