रौतहट, बैशाख, १६ । रौतहटमा थप दुई जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा १ जना र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन ।

दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।

तथ्यांकमा कोरोना ( नेपाल संक्रमित)
५४
निको भएको
१६
मृत्यु

अपडेटः स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिक्रिया दिनुस