दिनेश नागारी , मानव समुदाय बिकासको आधुनिकीकरण सङ्गै विभिन्न खाले विपदहरुले पनि गिजो लिरहेको छ । हरेक वर्ष उत्पादन गरिने आधुनिक उपकरण,यन्त्र र प्रबिधिले बिश्वलाई एक गाउँका रुपमा बिकास गरेको छ । बिस्वको मोडालिटी हरेक हिसाबले समृद्ध,समुन्नत र बिकसित हुँदै गैरहेको छ ।
अब विश्व मानव समुदाय बैज्ञानिक युगमा प्रबेश गरेर विभिन्न खाले प्रयोग,खोज,अनुसन्धान तथा अन्वेषण गरिरहेको छ । मानवीय प्रबृती र सँस्कृतिमा निक्कै रुपान्तरण तथा तिब्र परिवर्तन आइसकेको छ । हिजोको परम्परागत मूल्य,मान्यता,आदर्श,बिचार तथा बुझाइमा ब्यापक फेरबदल भैरहेको छ । आज हरेक बस्तु र विषयलाइ हेर्ने र बुझ्ने दृष्टिकोणमा फरकपना आइरहेको छ । जसरी एउटा पाटोमा परिवर्तन,बिकास र रुपान्तरणको पाटो संलो बन्दै गइरहेको छ,त्यसैगरी आर्को क्षेत्रमा बिभन्न खाले विपदहरुले मानव समुदाय मात्र होइन पुरै प्रकृति र जगतलाइ नै चुनौती दिने गरि आफ्नो बिराट रुपको साम्राज्य बिस्तार गरिरहेको हुन्छ ।
हामीलाई बेला बेला भुकम्प,बाढी,चट्याङ,आधी,पहिरो लगायत विभिन्न खाले महामारीजन्य रोग,भाइरसहरुले निक्कै विपद श्रीजना गरेर मानवीय संरचनालाई बलियो गरि च्यालेन्ज गरेको हुन्छ । विभिन्न संचार माध्यमहरुमा हामी बर्सेनी सुनिरहेका र देखिरहेका हुन्छौं ( आगजनीका कारण सयौँ घर नस्ट,ठूलो मात्रामा जनधनको क्षति,पहिरोमा पुरिएर दर्जन बढी घरका मानिसहरु बेपत्ता,पुरै बस्तिमा डुवान,यति मात्र होइन भुकम्पले लग्यो १०औँ हजारको ज्यान,फलानो देशमा भएको बम बिस्फोटका कारण हजार बढी नागरिकको ज्यान गयो,लगायत महामारीका कारण ज्यान गुमाउनेको संख्या लाखौँ पुग्यो जस्ता विभिन्न घटना,दुर्घटना तथा परिघटनाहरुले फेरि एकपटक मानव समुदायको बिकासको गति,स्तर र ब्रान्डलाई निक्कै पछारिदिएको हुन्छ । कतिपय घटनाहरु मानव सृजित हुन्छन भने कतिपय प्राकृतिकरुपले नै तयार हुन्छन। नेपालकै सन्धर्वमा कुरा गर्ने हो भनेपनि २०७२ बैशाख १२ गते हिजै जस्तो लाग्छ । बैसाख १२ गते गएको भुकम्पको जोखिममा परी हज्जारौं मानिसहरु यो सँसारबाट सदाका लागि बिदा भए भने धेरै मानिसहरु अपांग भएर जीवन जीवन बाध्य छन । बाढि पहिरोका कारणले कयौले ज्यान गुमाउनु परेको छ भने पोहोरसाल मात्रै आएको हुरीका कारण ठूलो विपद सृजना भयो। धेरैको संख्यामा मानिसहरुले जीवन त्याग गर्नुपर्ने अवस्था आयो भने धेरै गरीव झुपडीहरु भत्किए,अभाव सृजना भयो ,मानव बस्त नै सखाव भएर मानिसहरुको जीवन नै अस्तब्यस्त बन्न पुग्यो ।
यी तमामखालका विपदहरुको सामना गरिराखेको नेपाली समाजमा फेरि एकपटक अर्को महामारीको बिराट रुपले आफ्नो खतरनाक पोजिसन देखाइरहेको छ ।बिस्वभरी दुइलाख बढी मानिसहरुले मृत्युवरण गरिसकेका छन भने दशौँलाख मानिसहरु सन्क्रमित तथा भयभित बनिरहेका छन ।आज विश्व मानव समुदाय निक्कै कठिन परिस्थितिमा बाचिरहेको छ ।बिश्वका धेरै देशले बन्दाबन्दिको अवस्थाको सामना गरिरहेका छन भने धेरै मुलुकमा भोकमरी,स्वास्थ सामग्री अभाव लगायतका तमाम समस्याहरुले जरा गाडिरहेका छन । मानव समुदाय निक्कै त्रसित तथा भयभित बनिरहेको छ। मानिसहरुको हिजोको घमण्ड,लडाइ,बडेप्पन र ईर्स्यालाई आज कोभिड (१९ कोरोना भाइरस) ले निक्कै किनारा लगाइदिएको छ। आज आएर मानिसहरुको मन,मस्तिष्क र दिमागमा एक प्रकारको यस्तो तरङ्ग पैदा भएको छ कि सँसारका हरेक ब्यक्तिसङ्ग आत्मियता,सननिकटता र सहिष्णुता बिकास गराएको छ ।
हिजोको त्यो बैमनस्यता,त्यो रवाफ,त्यो तिक्तता र बैरभावलाई निमोठिदिएको छ ,परास्त गराइदिएको छ र भावनात्मक रुपमा एउटा डोरीमा बाधेर मानवीय हितमा सोच्ने,बुझ्ने र काम गर्ने खालको अवस्था क्रेट गराइदिएको छ । सँसारका धेरै मानिसहरुमा आफ्नो लागि मात्रै भन्नुभन्दा पनि विश्व मानव समुदायको हितमा समर्पित हुने कार्य गर्न उक्साएको छ । हिजो जस्ले अरुका लागि सिन्को भाच्ने प्रयत्न गरेनन ,आज तिनै मानिसहरुको चेतनामा सबैको रक्षा,हित र बिकासका लागि धेरै ठूलो जोखिम मोल्ने सम्म बनाएको छ ।यसरी हिजो भुकम्प गएको बेला काठमाडौँको खुलामञ्चमा हजारौ मानिसहरु जब एउटै आगन र धेरै मानिसहरु एउटै पालमुनी बसेँ त्यो बेला पनि मानवता र भावनात्मक रुपमा मानिसहरुको परस्पर सम्बन्ध बलियो देखियो ।सडक छेउ रात बिताउने मानिसहरु र सुबिधासम्पन्न घरमा बस्ने सबैलाई खुलामञ्चमा जब भुकम्पले पुर्यायो तब तहाँ मानवताको उच्च रुप पैदा गरायो ।
जसरी आज आएर यो विपदको सामना गर्न केन्द्र देखि स्थानीय तहसम्म ,गाउँदेखि सहरसम्मका सबै निकाय,सँस्था र ब्यक्तिहरुको भुमिका देखिएको छ त्यसै अनुरुप के हामी बिना विपद हरेक हिसाबले एक हुन सक्दैनौं त रुसमस्या र चुनौती न आइकन के हामी हाम्रो गरिबी,भोकमरी र अन्धबिश्वासका बिरुद्द लड्न सक्दैनौं के हामी डर त्रास र भय बिना समाजमा रहेका हरेक प्रकारका गलत मान्यता,संस्कार चलन र प्रबृतिका बिरुद्द एक हुन सक्दैनौं रु के हामी कठिन परिस्थिती बाहेक भ्रस्टाचार,दमन,थिचोमिचो,महिला हिँसा,विभिन्न खाले शोषण ,दमन र उत्पीडनका बिरुद्द बोल्ने हिम्मत गर्न सक्दैनौरु के हामी दुखको घडी बाहेक समाजका घिनलाग्दा प्रथा प्रबृती र मस्यौदाका खिलापमा एक हुन सकदैनौँ रु हो यी र यस्ता तमाम खाले जटिलता,कठिनाइ,समस्या,डर त्रास र सन्कटका बेला मात्र होइन सबै बेला मानव जातीमा सद्भाव,सहिष्णुता र भावनात्मक एकता हुन जरुरी छ ।
आज हामी विश्व महामारीका रुपमा देखापरेको भाइरसका बिरुद्दमा लडेर सामाना गरिरहेका छौँ । हामिले यतिबेला सजगता ,सतर्कता र संयमता अपनाएनौँ भने ठूलो प्रकारको समस्या निम्तिन सक्छ ।यस्का लागि भावनात्मक एकता, मानवीय उच्च सतर्कता र मानवताको पराकाष्ठाको प्रयोग र व्यवहार हुन जरुरी छ जुन देखिएको पनि छ र यस्को पुर्ण बिकसित रुपको अभ्यास पनि हुन जरुरी छ ।हामीले यतिबेला पुर्ण लकडाउनको अवस्थालाइ पुर्ण पालना गर्नुछ ,आफू पनि बाँच्नु छ अरुलाइ पनि बचाउनुछ ,यहाँ मानवता देखाउनु छ ।यहाँ अभावमा बाचिरहेकालाइ सहयोग गर्नुछ ,राहत बितरण गर्नुछ र मानव सभ्यताको बिकसित रुपको चरम अभ्यास गर्नुछ । यहाँ नून,दाल,तेल र चामलमा कमिसन खानु छैन ।१० रुपिया कम पर्ने चामलमा कृत्रिम अभाव सृजना गरेर ५० रुपियाँ प्रतिकिलो बेच्नुछैन ।यो बेला भनेको सकेको सहयोग गर्ने बेला हो,समस्या र संकटमा परेका हरुको उद्दार गर्ने बेला हो ।यो बेला अलपत्र र चुलो समेत बल्न नसकेकाहरुलाइ सक्ने सहयोग र बचाउने बेला हो ,यो बेला भनेको म यो,म उ भन्नुभन्दा पनि मेरो सानो सहयोगले कसैको उद्दार कसैको भलो र ज्यान जोगिन्छ भने त्यता सोच्ने र भुमिका निर्वाह गर्ने बेला हो ।त्यसैले यो विपदको बेला हामी सबैका मन,मुटु र मस्तिष्कमा सहयोग,सुरक्षा,सतर्कता,सहिष्णुता,सहकार्य,समन्वय हुन जरुरी छ किन कि हामीले अलिकती पनि गैर जिम्मेवारीपनी,हेलचक्र्याइ र असाबधानी अपनायौँ भने गाउँ समाजमा ठूलो क्षति हुन सक्छ ।समयमै सबै सोचौं,सबै जिम्मेवार र गम्भीर बनौं बिपदको जुटेर सामना गरौँ,सहकार्य गरौं सम्बृद्द ढंगले सोचौं ,मानवता र भावनात्मक एकताको डोरीलाई बेस्सरी कसेर यो सन्कटको पुर्ण खारेजी गरौँ।विपदमा ,मानवता बिकास गरौँ । लेखक पुर्चौडी नगरपालिका शिक्षा शाखा संयोजक हुन ।