विकास सिह महता ,कञ्चनपुर, बैशाख १६ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ नम्बर वडा कार्यालयमा राहत वितरणको विषयलाई लिएर असन्तृष्ट पक्षका केही स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार दिउँसो शुक्लाफाँटा नगरपालिका ५गजमुनीका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले राहत वितरणमा जनप्रतिनिधीले विभेद गर्दै आफन्त र धनीवर्गलाई राहत दिएको तर, गरिब विपन्न र मजदुरले रुाहत नपाएको भन्दै वढा कार्यालयको मुल गेटमै तालाबन्दी गरेका हुन् ।
स्थानीय गणेश नाथले पाउने व्यक्तिले राहत नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । ‘हाम्रो नाम संकलन गरियो, तर राहत पाईन, ‘उनले भने, ‘राहतका लागि पटक पटक वडामा आउँदा भोलीभोली भन्दै ढाटियो ।’ स्थानीय हरिदेवी भट्टले आफ्नो घरमा बिहान साँझ खान लाउन नपुग्ने भएपनि वडाबाट राहत नपाईएको दुखेसो पोखिन् । राहत नपाएको विषयमा स्थानीयबाट वडा कार्यालयमा तालाबन्दी, घेराउ ताकेता ठिकै भएपनि राहतकै विषयलाई लिएर लकडाउन उलङघन गर्दै वडाध्यक्ष माथि राजनीतिक व्यक्तिगत प्रतिशोध राखेर केही राजनीतिक दलका कार्यकर्ताले राजमार्गमा नाराबाजी समेत गरेका थिए ।
नेपाली काँग्रेस निकटका युवाहरुले आफु बिरुद्ध नाराबाजी र व्यक्तिगत प्रतिशोध साटेको वडाध्यक्ष कमल गिरीले बताए । उनीहरुले वडा कार्यालयदेखि राजमार्ग हुँदै नगरपालिका कार्यालयसम्म वडाध्यक्ष गिरी बिरुद्ध नाराबाजी गर्दै राजिनामाको माग अघि सारेका छन् । जोखिम मोलेर कमल गिरी मुर्दावादसम्म देखि नानाथरीका गाली गरेका थिए ।
राहतकै विषयलाई लिएर हद नाघेको वडाध्यक्षको भनाई छ । शुक्लाफाँटा नगरपालिका ५ का वडाध्यक्ष कमल गिरीले राहत वितरणका कुनैपनि विभेद नभएको बताए । ‘राहतको मापदण्डभित्र पर्ने सबै समेटेका छौँ, ‘उनले भने, ‘दिनुपर्नेलाई दिएकै छौँ, छुटाएका छैनौँ ।’ उनका अनुसार वडामा १२ सय ८ परिवारलाई सरसफाईका लागि साबुन वितरण गरिएको छ । १३वादी समुदायका परिवार सहित ३सय ४८ परिवारलाई राहत दिने लक्ष्य रहेको बताए ।‘र।हत वितरणकै चरणमा छौँ, ‘अध्यक्ष गिरीले भने, ‘अध्यक्ष गिरीले, ‘केही जनताबाट राम्रो सुझाव आएको छ, केहीले राजनीतिक र व्यक्तिगत प्रतिशोध साटेका छन् ।
’ वडाबाट पाउनुपर्ने कुनै पनि नागरिक बस्ने मानिस राहतबाट बञ्चित नहुने बताउदै उनले राहत वितरणकै चरणमा केहीले अनावश्यक वडामा आएर विवाद झिकेको बताए ।हामीले यतिसम्मकी वडाका सबै स्थानीय घर घरमा पुगेर साबुन वितरण गरेका छौँ, ‘भाडामा बस्ने विद्यार्थी, अन्य स्थानीय एव भारतीय नागरिकलाई समेत राहत दिन्छौँ ।’ जमिन भएका हुनेखानेहरुले नै राहत वितरणमा अत्तो थालेपछि विवाद भएको वडाध्यक्ष गिरीले बताए ।
राहत वितरणमा वडाबाट कुनैपनि त्रृटी नहुने उनले बताए । स्थानीय गोकुलदेव अवस्थीले वडाबाट राहत वितरणमा सुनुवाईन भएपछि बाध्य भएर नगरपालिका कार्यालय गएको बताए । वडाबाट जतिको राहतका लागि फारम भरियो, उनीहरुलाई राहतबाट बञ्चि गराएर हुनखानेहरुलाई राहत वितरण गरेको उनको आरोप छ । ‘वडाबाट हामी नगर प्रमुख दिल बदादुर ऐरलाई भेट्न गएका हौँ, ‘उनले भने, ‘मेयर सावले सबैलाई राहतमा समेट्ने बचन दिएकाले हामी उताबाट फर्किएर आए ।’
तालाबन्दीको विषयमा स्थानीय प्रशासन, मेयर दिल बहादुर ऐर, वडाध्यक्ष कमल गिरी लगायतले छुटपुट र वास्तविक पीडितलाई राहत दिनेभएपछि केही घण्टापछि ताला खुलिएको थियो । तर, त्यही आन्दोलनरत पक्षका गोकुलदेव अवस्थी लगायतले प्रतिपक्षी विना ताला खोलिएको विषय सर्वव्यापनी मान्न नहुने तर्क राखेका छन् । शुक्लाफाँटा नगरका केही बुद्धिजिवी स्थानीयले वडाबाट राम्रो तरिकाले राहत वितरण भएपनि वडाध्यक्षका बिरोधी समुहले स्थानीय उस्काएर आन्दोलनमा ल्याउने कोरोनाको जोखिम बढाएको टिप्पणी गरेका छन् । नपाउनेले दैनिक जसले काम नगरि खान नहुने पाउनुपर्नेमा जोडदिएका छन् । परनिर्भताको मानसिकतामाथि माथि नउठ्दाको परिमाण भएको विश्लेषण समेत गरिएको छ ।