विकास सिह महता, कञ्चनपुर, बैशाख ,१६ कोरोना भाईरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउन प्रभावकारी बनाउनका लागि ७७जिल्लामा प्रहरीले सकृयता देखिएको छ । प्रहरीको सकृयताका बाबजुतपनि केही व्यक्ति समुहले सवारी साधन चलाएका छन् । त्यस्ता सवारी साधनलाई कञ्चनपुर प्रहरीले छत्तिस दिनको अवधिमा चार सय सवारी साधन नियन्त्रणमा लिएर कार्बाही गरेको छ ।

लकडाउनका उलङघन गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कार्बाही गरेको हो । कञ्चनपुर प्रहरीले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार लकडाउन यता चार सय सवारी साधन, ५ सय ९८ मानिस नियन्त्रणमा लिएर कार्बाही गरेकोछ । भने दुई हजार १ सय ६३ नागरिकका समस्यालाई टेलिफोन मार्फत सम्बोधन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले लकडाउन प्रभावकारी कार्यान्वयनका लागि विभिन्न प्रकारका जस्तै मोटरसाईकल, जिपकार, बस, ट्रक, टिप्पर सहितका सानादेखि ठुला सवारी साधन नियन्त्रणमा लिएर कार्बाही गरिएको बताए । ‘पास उलङघनदेखि सवारी साधनमा अनाधिकृत मदिरा बोक्नेमाथि कार्बाही गरेका छौँ, ‘प्रहरी प्रवक्ता अधिकारीले भनेृ, ‘हरेक सवारी साधनलाई चौबिस घण्टादेखि सातासम्म राखेर कार्बाही गरेका छौँ ।’ लकडाउनकै विचमा ५ सय ९८ जना मानिसलाई नियन्त्रणमा लिएर कार्बाही गरिएको उनले बताए ।

यसमा पनि बिना कामकाज र मदिरा सेवन गरेर अनावश्यक हिडडुलगर्नेहरु कार्बाहीमा परेका छन् । भने लकडाउनका बेला विभिन्न समस्यामा परेका दुई हजार १२ सय ६३ नागरिकका गुनासा सम्बोधन गरिएका छन् । कञ्चनपुर प्रहरीले लकडाउन प्रभावकारी बनाउका लागि ९वटै स्थानीय तह, राजमार्ग, बजार क्षेत्र, ग्रामिण भेग लगायतका चोक चौताराहरुमा प्रहरी खटाएपनि केही मानिसले प्रहरीलाई अटेरी गर्दा नियन्त्रण र कार्बाहीमा परेका छन् । स्थानीयले प्रहरीले भन्नुभन्दा पहिल्यै लकडाउन पालना गर्दै कोरोनाबाट बाँच्नुपर्नेमा सुझाव दिएका छन् । भने लकडाउन उलङघन गर्नेमाथि थप कोर्नाको माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुस