पहिलाद राना, कञ्चनपुर बैशाख १६ । कोरोना भाईरस(कोडिभ–१९)ले विश्वभरी त्रास मात्र होईन आतङ्क मच्चाईरहेको छ । नेपालमा पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ । लकडाउनका बेला स्वाभिमानी किसान यस अर्थमा आफ्नौ पौरखले जो बस्तु उत्पादन गर्दछ । केही किसान किसानका नाममा अलङक मात्र होईन सरकारी अनुदान कुम्याउने गर्दछ, तिनीहरु न उत्पादन गर्दछ, न आत्मनिर्भरको काम नै । तर चैतेखेतिपनि अर्को खेतिसम्मको विचको समयमा किसानले बगरमा खेती लगाउँछन् ।

त्यही खेतिबाट उनीहरु गुजारा मात्र चलाउँदैनन् । कि उनीहरुले उपभोक्तालाई आफ्नै मातृभूमिको ताजा तरकारी खुवाउँछन् । आईतबारदेखि सुख्खायाममै आएको बैशाखे भेलले कञ्चनपुरको लालझाडी गाउँपालिका क्षेत्रका स्वाभिमान किसानलाई मात्र प्रहार गरेर एक बृद्धदेखि दोदा नदिमा निर्माणाधिन पुलमा समेत क्षति पु¥याएको छ ।

दोदा नदीमा आएको वाढिले सयौँ किसान, एक बुद्ध र पुलका क्षति पुगेको स्थानीयले बताएका छन् । दोदा नदी तर्ने क्रममा लालझाडी गाउँपालिका १ सादु बिनबासीका ५५ बर्षिया बृद्ध राना वेपत्ता भएका छन् । लालझाडीका स्थानीय एव नेकपाका युवा नेता भक्ता रानाले सयौँ किसानको तरकारी खेती नष्ट गरेको बताए । उनका अनुसार बालुवामा पौरख जमाएर बस्तु उत्पादन गर्ने किसान मारमा परेका छन् । दोदा नदीमा निर्माणाधिन पुलमा समेत क्षति पुगेको छ । स्थानीय एव नेकपा युवा नेता अमर रानाका अनुसार लालझाडी गाँउपालिका ३ बल्मी र नन्दगाउँ जोड्ने दोदा नदीमा निर्माणाधिन पुलमा क्षति पुगेको छ । निर्माण कम्पनी हिम सागरमाथाले ढलान लगायतका समाग्रीमा क्षति पुगेको जनाएको छ ।

बर्षातका कारण लालझाडी सहितका बगरखेतिमा क्षति पुगेको छ । किसान मारमा परेका छन् । कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बर्षातका कारण बगरखेती नष्ट भईरहेको सुचना आएपछि कति विगाह कति किसानको भने एकिन नआएको बताए । उनले बगरखेती नष्ट भएका किसानलाई सम्बन्धीत स्थानीय तहका कृषि शाखामा जानकारी गराउन आग्रह गरेका छन् । लकडाउनका बेला स्थानीय स्तरमा ताजा तरकारी उपलब्ध गराएका स्वाभिमानी किसान यतिबेला मारमा परेका छन् ।

प्रतिक्रिया दिनुस