कञ्चनपुर बैशाख १६ । शुक्लाफाँटा नगरपालिका वार्ड नम्वर २ को राहात बितरण बिषयमा भएको विबाद समाधान भएको छ । बैशाख १० गते पहिलो चरणको राहात वितरणमा विबाद भएको थियो । निगरानी तथा प्रतिकार्या समितिको बैठक बसेर राहात नपाएका वास्तविक पिडित परिवारलाइ राहात दिने सहमति भए पछि विबाद समाधान भएको हो ।

शुक्लाफाँटा नगरपालिका वार्ड नम्वर २ का अध्यक्ष शिव राज पनेरुले भने समितिको केहि प्राविधिक कम्जोरीका कारण सामान्य विबाद भए पनि राहात वितरण समितिको बैठक बसेर सहमति भएको बताए । नेपाली काग्रेसका नेता राम दत्त पन्त र गोबिन्द अवस्थीले महिलाहरुलाई उचालेर ताला बन्दी गर्न र बिवाद गर्न लयाएको बिषयमा गलत सूचना सम्प्रेसण हुदाँ आफुले आगेमा भनेको बताए र सो बिषयमा पनि सहमति भएको अध्यक्ष पनेरुले बताए ।

राहात वितरणमा कुनै पनि पक्षपात नगरेको र विपन्न परिवार, ज्याला मजदुरी गर्ने र आर्थिक अवस्था कम्जोर भएका २ कठ्ठा मात्र जमिन भएका लाई मात्र समावेस गरेर राहात वितरण गरिएको निगरानी तथा प्रतिकार्या समिति संयोजक लाल बहादुर धानुकले बताए । समितिकै व्यक्तीले डाटा संकलन गर्दा कम्जोरी गरेको हुदाँ राहात वितरणमा समस्या आएको समिति संयोजक तथा वार्ड सदस्य धानुकले बताए । हामिले तत्काल अनुगमन गरेर राहात पाउन छुटेका पिडित परिवारलाई समावेस गर्ने संयोजक धानुकले बताए ।

राहात वितरण कुनै भेदभाव नगरी स्वतत्र रुपमा सरकारले बनाएको मापदण्ड अनुसार राहात वितरण गरिएको र केहि व्यक्ती छुटेको छ हामिले फेरी अर्को चरणमा समावेस गर्ने तयारी रहेको राहात वितरण समिति सदस्य तथा नेकपा नेता दुर्गा भट्ट जोशीले बताए । हामिले जागिर गर्ने २ कठ्ठा भन्दा बढी जमिन भएको लाई राहात नदिएको हुदाँ अफुले केहि आफन्तबाट गाली समेत खानु परेको नेता जोशीले दुखेसो व्यक्त गर्नु भयो ।

राहात वितरण समिति सदस्य बनाएर म माथी लगाएको आरोप निराधार रहेको र आफुले कुनै पनि व्यक्क्तीलाई राहातको बिषयमा गलत प्रचार नगरेको र राम्रो गर्दा पनि अध्यक्षले आफुलाई दोष दिन खोजेको समिति सदस्य तथा शिक्षक गोविन्द अवस्थीले बताए । आजै अध्यक्षले गलत भएको भनेर आत्मा आलोचना गरे पछि सहमति भएको बताए म शिक्षक भएको नाताले समाजका लागि सक्दो समाज सेवा गर्ने समेत शिक्षक गोबिन्द अवस्थीले बताए ।

प्रतिक्रिया दिनुस