सुर्खेत ,बैशाख, १७ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन संगै बिदेश लगायत भारतबाट आएका नेपालीहरु लाइ अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय रहेको छ । अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय भए पछि सुर्खेतको क्वारेन्टाइनमा राखिएकि एक महिलाले क्वारेन्टाइनमा बच्चा जन्माएकी छन् ।

सुर्खेतको पञ्चपुरी– ६ छाप्रेकी कमला नेपालीले क्वारेन्टाइनमै छोरा जन्माएकी हुन। नगरपालिकाले पञ्चपुरी– ८ को विद्यापुर क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोरा जन्माएकी हुन्।

 

तीन दिनदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएकी उनलाई सुत्केरी व्यथा लागेपछि उनका आफन्त र स्वास्थ्यकर्मीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा लिइएको पञ्चपुरी नगरपालिका– ९ का वडा अध्यक्ष शान्ति खरेलले बताए।अध्यक्ष खरेललका अनुसार सुत्केरीलाई क्वारेन्टाइमा राख्दा स्याहार गर्न समस्या हुने भएकाले होम क्वारेन्टाइमा राख्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुस