कञ्चनपुर, बैशाख, १७ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम क्षेत्रमा लामखुट्टे र डेंगुबाट बाँच्नका लागि घर घरमा औषधी छर्किन काम भइरहेको छ । भीमदत्त नगरपालिका २ नम्बर वडाको बैठले कोरोना सहितका अन्य रोगबाट बाँच्नका लागि घर घरमा औषधी छर्किने निर्णय गरिए अनुरसार औषधी छर्किन लागेको हो ।

भीमदत्त नगरपालिका २का वडाध्यक्ष डम्बर कार्की(डिके)ले वडाका सार्वजनिक स्थल सहित वडाभरीको स्थानीयको घर, गोठ पसलमा छर्किन लागिएको बताए । उनका अनुसार बुधबारदेखि भगवतीटोलबाट औषधी छर्किन लागिएको छ । वडाभरीका १४ सय ९५ घरधुरीमा छकिईने छ । कोरोना बिरुद्ध वडाले क्वारेन्टाईन निर्माणदेखि जनचेतनामुलक कार्यक्रम सहित वडाका विपन्न गरिब समुदायलाई राहत वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुस