रवि पाण्डेय, बुटवल,बैशाख,१७ । नेकपा (क्रान्तिकारी माओवादी ) प्रदेश पाँच सचिवालयको मंगलवार सम्पन्न अनलाइन बैठकले कोरोना परिक्षणका लागि गरिने ¥यापिड टेस्ट विस्थापित गर्न माग गरेको छ । ¥यापिड टेष्टका नाममा गरिएका आँशका र भम्रपूर्र्ण परिक्षणले जनतामा भय सिर्जना गरिएकोले ¥यापिड टेष्टलाई विस्थापित गर्न क्रान्तिकारी माओवादीले माग गरेको हो । साथै माओवादीले पीसिआर टेष्टलाई तीब्रता दिनका लागि सरकारको ध्यानाकर्षण गरेको छ । पीसिआर टेष्टको बिकल्प छैन भन्ने पार्टीको निर्णय भएको छ – क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव प्रेम सुवेदीले भन्नुभयो– मोर्चामार्फत त्यसको ध्यानाकर्षण गर्न कार्यक्रम तय भएको छ ।
साथै क्रान्तिकारी माओवादीले राष्ट्रिय संकटका बेला सबैलाई समेटेर लैजाने प्रयत्न राज्यले गर्नुपर्ने ठहर गर्दै सबै स्थानीय तहमा देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट विपद ब्यवस्थापनमा सहभागी गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्न निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले भष्ट्रचार, कमिशनखोरी, महंगी तथा कालो बजारीबाट जनता आक्रान्त भएका बेला जनताका समस्यासंग एकाकार हुन कार्यकर्तालाई निर्देशन समेत गरेको छ । हरेक स्थानीय तहका गतिबिधिलाई नियाल्दै तथ्यगत रिर्पोटलाई प्रदेश कमिटीका केन्द्रीत गर्न सबै सचिवालय सदस्यहरुलाई बैठकले निर्देशन गरेको क्रान्तिकारी माओवादीले जनाएको छ । सर्बहारा वर्ग तथा मजदुर एंव किसानलाई राहत दिने नाममा भएका बिकृति बिसंगतिको स्वतन्त्र एंव कार्यगत एकताबाट भण्डाफोर गर्न समेत पार्टी नेता कार्यकर्तालाई निर्देशन गरिएको क्रान्तिकारी माओवादी नेता सुवेदीले बताउनुभयो । हरेक जिल्लालाई निगरानी बढाउन र जनतामा केन्द्रीत हुन निर्देशन गरिएको छ –सुवेदीले भन्नुभयो–जनबर्गीय मोर्चा संगठनका नेता कार्यकर्ता समेत त्यसै अनुरुप परिचालन हुने पार्टी निर्णय छ ।
साथै क्रान्तिकारी माओवादीले भौतिक दुरी कायम हुने गरि आफ्ना गतिबिधि गर्न नेता कार्यकर्ता तथा जनतालाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुस