बैतडी,बैशाख,२० । बैतडीको पुर्चौडी नगरपालिकामा बिहिबार भारतबाट फर्किएर एक जना बृद्धको मृत्यु भएको छ । भारतबाट आएका क्वारेन्टाईनमा जादै गरेका बृद्धको मृत्यु भएको हो। भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका पुर्चौडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बीहिबार भारतबाट फर्किएर पुर्चौडी नगरपालिकाले बनाएको क्वारेन्टाईनमा राख्न लैजादै गर्दा बाटोमै मृत्यु भएको बताए जिल्लाप्रहरी कार्यालयले जनाएको छ । मृतक लुहार गत माघमा उपचारका लागि भन्दै भारतको पिथौरागढ गएका थिए।लुहारको अचानक मृत्यु भएपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए।

प्रतिक्रिया दिनुस