विकास सिह महता,
कञ्चनपुर,बैशाख, २० । विदेशमा रहेका एक नेपालीले आफ्नो मातृभूमी नेपाल(कञ्चनपुर)मा रहेका पत्रकारलाई पिपिए उपलब्ध गराएका छन् । दाङ्ग जिल्ला घर भएका क्यानडामा बस्दै आएका नर बहादुर टन्टनले कञ्चनपुरका पत्रकारलाई व्यक्तिगत सुरक्षा समाग्री(पिपिए) उपलब्ध गराएका हुन् ।
न्यूज २४ टेलिभिजन मार्फत टन्टनले पत्रकारलाई उपलब्ध गराएको पिपिए शनिबार एक कार्यक्रमका विच वितरण गरिएको छ । २४ टेलिभिजन कञ्चनपुरका समाचारदाता सुरेश भट्ट सहित सुप प्रदेशको टिमले भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टलाई उक्त पिपिए हस्तान्तरण गरेका थिए ।
कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनमा जोखिम मोलेर नागरिकलाई सुशुचित गराउन पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै क्यानडा बस्दै आएका नेपाली टन्टनले १०पत्रकारका लागि पिपिए उपलब्ध गराएको २४न्यून कञ्चनपुरका समाचारदाता सुरेश भट्टले बताए । पत्रकार भट्टले अहोरात्र रुपमा खटिने टेलिभिनका पत्रकारलाई उक्त पिपिए उपलब्ध गराएको बताए । पत्रकार भट्ट र भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले सहयोगीहातप्रति आभार प्रकट गरे ।

पिपिए पाएका कञ्चनपुरका टेलिभिजन पत्रकारले समेत टन्टनप्रति आभार प्रकट गरेका छन् । प्राईम टेलिभिजन कञ्चनपुरका समाचारदाता डिल्लीराज पन्तले संचारकर्मीको पीडा बुझेर विदेशमा रहेका नेपालीले गरेको सहयोग अतुलनिय भएको बताए । महामारीको घडीमा संचारकर्मीलाई समेत सम्झिदिनुभएकोमा उनी लगायत १०कञ्चनपुरका टेलिभिजनका पत्रकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुस