कृष्ण नेपाली,
कञ्चनपुर, बैशाख २१ । विश्वभरी कोरोना भाईरस कोडिभ–१९)को संक्रमण बढेको छ । नेपाल सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लकडाउन गरिएको अवस्थामा रेडियो तथा पत्रपत्रिका सहज रुपमा संचालनका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले सरकार संग अपिल गरेको छ । चैत्र १० गते देखि लकडाउन भएपछि कञ्चनपुरका सम्पूर्ण पत्रपत्रिका पूर्ण बन्द भएका छन् । लकडाउनका कारण त्यसको प्रत्यक्ष असर संचार क्षेत्रमा पनि परेको छ ।


लकडाउनका कारण कञ्चनपुरबाट प्रकासित हुने दैनिक तथा साप्ताहिक पत्रिका बन्द भएपछि नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले सरकारसंग अनुदानको माग गरेको छ । शनिबार महेन्द्रनगरमा बसेको महासंघको बैठकले रेडियो, पत्रपत्रिका सहज रुपमा संचालनका लागि अनुदानको माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा उत्पन्न विषम परिपस्थति र लकडाउनका कारण पत्रपत्रिका बन्द हुनुका साथै रेडियो र अनलाईन संचार माध्यामहरु निकै मारमा परेकोले लोक कल्याणकारी विज्ञानको रकम निकासीका लागि सुचना विभागमा अनुरोध गर्ने निर्णय गरिएको बताए ।
अध्यक्ष अवस्थीले विषम परिस्थितिमा दिनरात अहोरात्र खटिने जिल्लाभरीका सम्पूर्ण पत्रकारलाई हार्दिक बधाई तथा सुरक्षा संयमितता अपनाउन अनुरोध गरेको छ । यस्तै पत्रकार महासंघ शाखा कञ्चनपुरले महासंघको भवनको माथिल्लो तला र पर्खाल घेरबार निर्माणनका लागि सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाले बजेट विनियोजन गरेकोप्रति हार्दिक धन्यवाद दिदै निर्माण कार्य ठेक्का मार्फत गर्ने सम्बन्धीत निकायसंग अनुरोध निर्णय गरिएको छ । यस्तै बैठकका सहभागि पत्रकारलाई भीमदत्त नगरपालिको मास्क र सेनिटाईजर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुस