रामकुमार श्रेष्ठ  ,नवलपरासी, बैशाख २१ । पूर्वी नवलपरासीमा गएराति जंगली च्याउ खाँदा ७ जना विरामी परेका छन् । ७ जना मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४, सानो सिद्रे निवासी १८ बर्षीय पुरुषोत्तम भण्डारी, २३ बर्षीय सुनिता भण्डारी, ११ बर्षीया पुनम भण्डारी र १४ बर्षीय पविन रिजाल गम्भीर विरामी भएका हुन् । ३ जना भण्डारी एकै परिवारको रहेको विनयी त्रिवेणी ४ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार ७ जना विरामी परेकोमा ३ जना घर फर्किएका छन् ।
उनीहरुको राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।
प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर रहेको छ । लकडाउनका कारण नवलपरासीमा अहिले जंगलमा पाइने च्याउ, निउरो, गिठ्ठा लगायतका जंगलमा पाइने तरकारी खोज्ने जाने र खाने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुस