कञ्चनपुर,बैशाख,२१ । कञ्चनपुरको वेदकोट नगरलिकाले निर्माण गरेको सुन्दरपुरको क्वारेन्टाइन व्यवस्थापन फितलो देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडउनका कारण पिथैरागड र र्धाचुलामा एक महिना देखि क्वारेन्टानमा रहेका १३ जनाको बिहिबार उद्दार गरिएर वेतकोट नगरपालिकाले निर्माण गरेको सुन्दरपुर क्वारेन्टाइमा राखिएको छ । क्वारेन्टाइन भित्र जाने मुल गेट र चौराह चोकमा प्रयोग गरिएका पन्जा गल्पस र र्सजिकल मास्कहरु जताततै तितर वितर अवस्थामा फालेको भेट्टिएका छन ।

क्वारेन्टाइमा व्यवस्थापनमा रहेका कर्मचारीले प्रयोग गरेर मुल गेटमै छोडेर जाने गरेको स्थानिय तथा सुन्दरपुर प्रयोगशाला कार्यालयका कार्यालय सहयोगी भिक्कु रानाले बताउनुभयो ।


क्वारेन्टाइन सरसफइ हिजो गरिएको भए पनि चौराह र मुल गेटमा पन्जा गल्पस र र्सजिकल मास्कहरु जताततै पललेका छन जनताको स्वास्थ्यमाथी खेलवाल गर्न खाजिएको छ यस्तो माहामारीको अवस्थामा बिच चौराह र गेटमा यस्तो फोहर र र्दुगन्धि रहेको छ चौराहमा बच्चाले खेलाउन सक्छन प्रयोग गरिएका यस्ता पन्जामा कोरोना रोग भन्दा पनि अरु रोग पनि सर्न सक्ने सम्भावना हुन्छ त्तकाल चौराह र मुल गेट नाला लगायत क्वारेन्टाइन सरसफइ गर्नु पर्ने देखिएको वेदकोट सुन्दरपुरका अर्का स्थानिय जय शिह धामीले बताउनुभयो ।

सरसफइको बिषमा नगर प्रमुख संग कुरा गर्दा आफुलाइ धम्की दिएको समेत धामीले बताए । क्वारेन्टाइ व्यवस्थापनको बिषयमा वेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्द संग कार्यालयमै गएर कुरा गर्दा हिजो मात्र नेपाली सेना, प्रहरी लगायत नगरपालिको टिमले सरसफइ गरिको र क्वारेन्टाइ भित्र सेनिटाइजर गरेर स्प्रेइ गरेको बताए । नगरपालिकाले जनताको लागि रात दिन कोरोना माहामारी लगायत जुनसुकै रोगमा पनि जनताको स्वास्थ्यमा गम्भिर भएर उपचार गरिरहेको बताए हिजो मात्र कवारेन्टाइमा राखिएको छ पहिले राखिएका सबैलाइ क्वारेन्टाइको समय सकेर घर पठाएको छ पहिले राखेका १ जना बाहेक सबैको रिर्पाट नेगिटिप आएको छ १जनाको पोजिटिप रिपार्ट आएको भए पनि पोजिटिप रिर्पाट आएको व्यक्ती पनि उपचार गरेर घर आएको नगर प्रमुख अशोक कुमार चन्दले बाताए ।

हिजो केहि कम्जोरीका कारण सरसफइ गर्दा सेना र प्रहरीले प्रयोग गरिएका मास्क र पन्जा जलाउन छुटेको र त्तकाल जलाउने र सरसफइ गरिने वेदकोट नगरपालिका वार्ड अध्यक्ष राम शिह धामीले बताउनुभयो । क्वारेन्टाइन व्यवस्थापन राम्रो संग गरिएको छ पुरै सरसफइ सेनिटाइजर गरेर मात्र हिजो १३ जनलाइ क्वारेन्टाइमा राखिएको बताए जनताको स्वास्थ्यका लागि रात दिन खटिराखेको छ यस्तो महामारीको वेला सबैको साथ र सहयोगको आवस्यका रहेको वार्ड अध्यक्ष धामीले बताए ।

सरसफइका लागि प्रयोग गरिएका कुनै बस्तु उचित व्यवस्थापन नगरे कोरोना बाहेक कुनै पनि रोक लाग्ने समभावना भएकोले यस्मा वेदकोट नगरपालिका जनप्रतिनिधिको त्तकाल ध्यान दिनु जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुस