काठमाण्डौं, बैशाख, २४ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन जेठ ५ सम्म जारी राख्ने निर्णय गरिएको छ ।आजै बसेको मन्त्रिपरिषद्को बैठकले देशभर जारी लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो। यसअघि जारी गरिएको लकडाउन भोलि बिहीबार सकिँदै थियो।हिजो मात्र कोभिड( १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पनि लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो।
मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रीय सीमा नाका १८ जेठसम्म बन्द गर्ने निर्णय पनि लिएको छ ।छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्द गर्ने निर्णय भएको हो ।अन्तर्राष्ट्रीय र आन्तरिक उडानमा लगाइएको प्रतिबन्ध पनि १८ जेठ सम्म पुर्याएको छ । यसअघि प्रतिबन्ध २ जेठ सम्म जारी गरिएको थियो ।