विकास सिह महता ,कञ्चनपुर, बैशाख,२४ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएर महेन्द्रनगरमा डेर गरि विभिन्न क्याम्पस तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई नेपाली काँग्रेस निकट नेवि संघले राहत वितरण गरेको छ । नेवि संघ कञ्चनपुरका युवा नेताहरु प्रकास थापा, नेवि संघ निकेन्द्रीय सहमहामन्त्री अचुत कलौनी, विक्रम बुढा, सुदिप उप्रेती, सरोज रोकाया लगायतका नेताहरुले विद्यार्थीलाई राहत वितरण गरेका हुन् ।
नेवि संघ नेता थापाले विदेशमा रहेका कञ्चनपुरका स्थानीय एव पुर्व विद्यार्थी अगुवाको सहयोगमा नेवि संघ नेताहरुले भीमदत्त नगरपालिका ४का वडाध्यक्ष लक्ष्मी दत्त बोहरा सहितका जनप्रतिनिधीको उपस्थितिमा राहत वितरण गरिएको थियो । नेता थापाका अनुसार ५किलो चामल, १लिटर तेल र १किलो दाल वितरण गरिएको छ ।
महेन्द्रनगरका विभिन्न क्याम्पस तथा विद्यालय, कलेजमा अध्ययनरत १६०जना विद्यार्थीलाई राहत वितरण गरिएको छ । नेवि संघ नेता थापाले लकडाउनका समयमा डेरामा बस्ने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै राहत वितरण गरिएको बताए । उनका अनुसार विदेशमा रहेका हिमाल बम, रविन जोशी, राजेन्द्र महरा, पारस, अशोक साउद, लोकेश सिह, बसन्त पन्त, प्रकास चन्द, तिलक चन्द, पदम साउद नेपालीहरुको सहयोगमा नेवि संघले जनप्रतिनिधीको रहोबरामा राहत वितरण गरे । राहत पाएपछि विद्यार्थी हर्षित भएका छन् । छुटपुट विद्यार्थीलाई पछि राहत वितरण गरिने नेवि संघ नेताहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।