विकास सिह महता  ,कञ्चनपुर, बैशाख, २४ । नेपाल भारत लकडाउनका बेला भारत घर जान खोज्ने पाँच भारतीय नागरिकलाई शसस्त्र प्रहरीको नियन्त्रणमा लिएको छ । बुधबार महाकाली नगरपालिका ७कञ्चनभोजबाट सशस्त्र प्रहरीले पाँच भारतीय नागरिलाई नियन्त्रणमा लिएको हो ।

महाकाली नगरपालिका क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रण लिएर क्वारेन्टाईनमा राखिएको सशस्त्र प्रहरी बल ३५नम्बर गण शैलेश्वरी गणका गणपति बीरसिह शाहुले बताए । उनका अनुसार भारतको गाँजियाद मुजछरनगरका अस्लम उम, ईमाईल उम, रहमद उम, एक्तयार उम र इमाझदिप उमलाई नियन्त्रणमा लिएर नगरपालिकाको समन्वयमा क्वारेन्टाईनमा राखिएको छ ।

पाँचै जना मुस्लिम समुदाय हुन् । उनीहरुलाई महाकाली नगरपालिका भानु माविको क्वारेन्टाईनमा राखिएको छ । यस अघि पनि सशस्त्र प्रहरीले भारतबाट नेपाल पस्न खोज्ने र नेपालबाट भारत पस्न खोज्नेलाई नियन्त्रणामा लिएर क्वारेन्टाईनमा राखिरहेको छ ।

प्रतिक्रिया दिनुस