दिपकराज भट्ट ,डडेल्धुरा बैशाख २४ ।  डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्षको निवासमा तोडफोडमा सग्लगन आरोप लागेका ४ जना विरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ । मंगलबार राती ८ बजे चार जनाको समुहले गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लको निजि निवासमा तोडफोड गरेकोे भन्दै अध्यक्ष मल्लले गाउँपालिको लेटरप्याडमा उजुरि दर्ता गरेपछि ७ दिनका लागि ३ जनालाई प्रहरीले थुनामा राखेको हो।
उनिहरुलाई सार्वजनिक हित शान्ति सुरक्षा नैतिकता विरुद्ध कसुर सम्वनधि मुद्दा दर्ता भएको हो ।पक्राउ परेका सञ्जय कार्कि भान कार्की , डम्बर कार्की र टेक रावल रहेको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्याउपानेले जानकारी दिनुभयो ।

१ जना प्रकाउ हुन वाकि रहेका भान वहादुर भोलि डडेल्धुरा ल्याउने मुद्दा फाटका प्रमुख साहयक प्रहरी निरिक्षक करविर ऐरले वताए ।
उनीहरुको साथबाट दुई थान चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुस