वीरगञ्ज बैशाख । कोरोना भाइरस कोभिड – १९ का संक्रमित बुधबार थपिएका १७ जना वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ ।वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको हो ।

 

संक्रमित देखिएका पुरुषका परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।

संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् ।आज देखिएका नयाँ संक्रमित संगै नेपालमा पनि कोरोना संक्रमित ९९ पुगेका छन ।

प्रतिक्रिया दिनुस