अम्बादत्त तिवारी , कञ्चनपुर , बैशाख २८ । राष्ट्रिय शक्ति नेपालले दार्चुला स्थित नेपाली भूमिमा भारतले एकलौटी दादागिरीशैलीमा सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय शक्ति नेपाल कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्र्दै मातृभूमि नेपाल लिम्पियाधुरा र लिपुलेकमा भारतले एकलौटी ढङगबाट सडक विस्तारकार्यप्रति आपति जनाएको हो ।

नेपालको सहमती बिनै निर्माण भएको सडक खारेजी गर्न समेत माग अघि सारेको छ । मातृभूमि मिचेको विषयमा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय नेता एव पुर्व सशस्त्र प्रहरी बलका एआईजी डा। ठाकुर मोहन श्रेष्ठ, नेपाली सेनाकाम पुर्व सहायक रथि डा। प्रेमसिह बस्न्यात र पत्रकार समेत रहेका अनिल योगीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयप्रति घोर आपत्ति जनाएको छ ।

प्रहरी हस्तक्षेप गराई शक्ति नेपालका नेता पक्राउ गरिएको उनले बताए । सरकारले मातृभूमिको रक्षामा वेवास्ता गरेको भन्दै राष्ट्रिय शक्ति नेपालले राष्ट्रियता बलिया बनाउन एकजुट हुन समेत आब्हान गरेको छ । राष्ट्रिय शक्ति नेपाल कञ्चनपुरका अध्यक्ष दिवान आग्रीले पश्चिम नेपाल गड्डाचौकीमा गेट निर्माण समेत गरेका थिए । उनले भारतको हेपाह प्रवृति नरोकिएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुस