कञ्चनपुर बैशाख २८ । कञ्चनपुरको बेदकोट नगरपालिका २ औद्योगिक क्षेत्रमा सडक विस्तार गर्दा केही स्थानीयले बिरोध जनाएका छन् । स्थानीय एव नेवि संघ कञ्चनपुरका नेता नेता पारमणी जोशी सहितका स्थानीयले सडक निर्माणमा बिरोध गरेका हुन् । उनीहरुले पुर्वपश्चिम महेन्द्रराजमार्ग त्रिपुरा मन्दिरदेखि उत्तर औद्योगिक क्षेत्र जोड्ने सडक विस्तारमा आधाभागदेखि नै काम गरिएको भन्दै बिरोध गरेका छन् ।

लकडाउनमा भिड जुटाएर काम गरेको, कोरोना महाकारी बिरुद्धको अभियानमा जुट्नुको साटो सडक तर्फका योजनामा ध्यान दिएको, रुख काटिएको भन्दै उनले आरोप लगाएका छन् । जोशी सहित १६ जना स्थानीयले सडक निर्माणको बिरोध गर्र्दै हस्ताक्षर गरेका छन् । बेदकोट नगरपालिका २ बसन्थलाबासीलाई सडक विस्तार गर्दा कसैलाई जानकारी नदिएको आरोप लगाएका छन् ।

बेदकोट नगरपालिका २ का वडाध्यक्ष नरेश बहादुर सिहले स्थानीय सबै जनताको सहमती अनुरुप सडक विस्तार भईरहेको बताए । स्थानीयको बिरोध नभई सिङ्गल पारमणी जोशीको मात्रै बिरोध भएको बताए ।‘सडक विस्तारका लागि जोशीको पनि हस्ताक्षर र सहमती छ, ‘वडाध्यक्ष सिहले भने, ‘उनकै घरमा सडक पुग्दा फेसबुकमा बिरोध गरिरहेका छन् ।’

राजनीतिक पुर्वाग्रही भएर बिरोध भएपनि काममा कुनै अवरोध नभएको अध्यक्ष सिहको दावि छ । औद्योगिक मार्ग बनाउनका लागि बहुबर्षिय योजना अन्र्तरगत डेढ करोडको ठेक्का भएको बताउदै उनले सडक निर्माण शुरु गरेको सातापछि मात्रै जोशी समुहले बिरोध गरेको बताए । ‘राष्ट्रिय गौरबको योजना हो, यसमा बजेट फ्रिज जाने अवस्था थियो, ‘वडाध्यक्ष सिहले भने, ‘त्यही भएर हामीले ‘समाजिक दुरी कायम गरेर काम अघि बढाएका छौँ ।’ त्रिपुरादेखि काम गर्दा आईई प्रतिवेदन चाहिने भएकाले बस्तीबाट शुरुवात गरिएको उनले बताए । विकास बिरोधी समुहले विकास निर्माणमा बिरोध गरिरहेको बताए । रुख काटिएको विषय र भिडभाँड जुटाएर समाजिक दुरी उलङघन गरेको आरोप निराधार भएको भन्दै अध्यक्ष सिहले विकास निर्माणमा अनावश्यक अवरोध नगर्न आग्रह गरेका छन । १ करोडको बाटो निर्माण योजना भए पनि ४० लाखमा ठेक्का टेन्डर मार्फत निमाण भइरहेको अध्यक्ष शिहले बताए । वेदकोट निर्माण सेवाले जिल्ला प्रशासन कार्यालको अनुनति लिएर निमार्णण कार्य शुरु गरिएको र निर्माण कार्य शुरु गरेको ७ दिन भएको अध्यक्ष शिहंले बताए ।

प्रतिक्रिया दिनुस