काठमाडौं बैशाख २८ । कालापानी लिपुलेक लगायत सिमा अतिक्रमणको विरोधमा धर्ना दिन गएका विद्यार्थी नेताहरु संसद भवनबाट पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिजो पनि पक्राउ गरेर आठ घण्टा हिरासतमा राखेको थियो । अनेरास्ववियू र अखिल क्रान्तिकारीका बिध्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिध्यार्थी नेता रविन वस्नेत बस्नेत सहित समीर बुढाथोकी मुक्ति, निर्ग राज जैसी, भुमी राज अधिकारी, प्रवेश दहाल, गोबिन्द भण्डारा, संघर्ष दाहाल, गोबिन्द बिष्ट, हरि भण्डारी, राम नरेश यादव, हिक्मत महरा पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेर अहिले उनीहरुलाई तिनकुने प्रहरी वृतमा राखिएको छ ।

प्रतिक्रिया दिनुस