डम्मर राज भट्ट ,कञ्चनपुर, बैशाख २८ । भारतले दार्चुला स्थित नेपाली भूमि अतिक्रमण गरेर मानसरोबरसम्म जाने सडक विस्तार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)निकट युवा र विद्यार्थीले आन्दोलनमा कार्यक्रम घोषणा गरेका छन् । नेकपा कञ्चनपुरका युवा र विद्यार्थी संगठनले भारतीय कदम बिरुद्धको लकडाउनमै आन्दोलन गर्ने घोषणा गरेको हो । अनेराववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले भारतीय बिस्तारबाद बिरुद्ध राष्ट्रियताका लागि आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार २९ बैशाखदेखि ३१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् । पहिलो दिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत परराष्ट्रमन्त्रालयमा ज्ञापन पत्र बुझाउने एक घण्टा धर्ना दिईने छ । भने ३० बैशाखमा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्तम तय भएको नेता भट्टले बताए । उनका अनुसार अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले भारतद्वारा अतिक्रमण नेपाली भूमि लिपुलेक लिम्पियाधुरा गई आन्दोलन गर्न सम्बन्धपक्षलाई आब्हान समेत गरेको छ । अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसंग विश्व समुदाय लडिरहेकै दुखत घडीमा बेला भारतीय पक्षबाट नेपालीभूमिका गरेको निर्मम विस्तारवाद व्यवहारको भत्र्सना गरिएको छ ।
हाम्रो भूमिको एक इन्च भुभाग पनि नमिचि एथाघ्रिश सडक विस्तार कार्य बन्द गर्न अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाले माग गरेको छ । देशको सार्वभौम सुरक्ष र स्वाधिनताका लागि सडकको बाग भएर उत्रिने समेत चेतवानी दिएका छन् ।
भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने ब्यास र गुुञ्जिको भूमि मिचेर चीन जोड्नका लागि लिपुलेकसम्मको सडक उद्घाटन गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘भारतले नेपालको कालापानीदेखि लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा राखेको जमिन नेपाललाई फिर्ता गर्नुको सट्टा झन नाङगो हस्तक्षेप गर्दै ६ महिना पछि धारर्चुला लिम्पियाधुरा सडक उद्घाटन गरेको छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘भारतको यस्तो किसिमको विस्तारवाद हस्तक्षेपको घोर भत्र्सना गर्दै विलम्ब नगरि नेपाल सरकारसंग कुटनीतिक पहल गर्न जोडदार माग गर्दछौँ ।’
अनेरास्ववियूका संयोजक बिरेन्द्र राज विष्ट र राष्ट्रिय युवा संघ नेपालका सह संयोजक प्रशान्त भट्टद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा अतिक्रमित भूमि फिर्ता नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेर कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूमि हड्प्न खोजेको भन्दै गत कार्तिकमा समेत अनेरास्ववियू र युवा संघले सीमादेखि सडक आन्दोलन थालेको थियो । आफ्नै पार्टी सरकार भएपनि नभएपनि राष्ट्र र राष्ट्रियताका लागि आन्दोलन नरोकिने उनीहरुको भनाई छ । सत्ताधारी नेकपाका दुवै संगठनले प्रशासन मार्फत भारतले बनाएको नक्कली नक्सा खरोजीको माग अघि सारेर प्रधानमन्त्री केपिशर्मा ओलीलाई ज्ञापन पत्र पठाएका थिए

। भारतीय रक्षामन्त्रीले भिडियो कन्फ्ेन्स मार्फत भारतको धार्चुलादेखि नेपाली भूमि हुँदै चीन मानसरोबरसम्म झण्डै ८०किलोमिटर सडक उद्घाटन गरेपनि छिमेकीले संकट परेका बेला जमिन हड्प्ने खोजेको देखिन्छ । यतिबेला कोरोना बिरुद्धको लडाईमा रहेका नेपालका लागि छिमिकी देशबाट मातृभूमिमाथि प्रहार भईरहेको छ । चिनसंग लडाई हुँदा सन १९६२देखि भारतले नेपाली भूमि क्षेत्रमै सुरक्षाफौज राखेको थियो । भारतले नेपाल तर्फ अनावश्यक हेपाह गर्दा उसमाथि जबमुकस्मिर लगायतको प्रकरणमा पाकिस्तानबाट पटक पटक प्रहार हुँदै आएको छ । अर्कामाथि हेपचेप गर्दा आफुमाथि पनि अर्काले प्रहार गर्ने विषय भारतले हेक्का राख्न सकेको छैन् । भारतले सीमा अतिक्रमण गरेको बिरुद्धमा विभिन्न राजनीतिक दल सहित भारतीय कदमको चौतर्फि बिरोध भईरहेको छ ।

प्रतिक्रिया दिनुस