विकास सिह महता कञ्चनपुर, १३ जेठ

नेपाली काँग्रेस निकट नेपाल प्रेस यूनियन कञ्चनपुरले जिल्लाका सकृय पत्रकारलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । प्रेस यूनियनको २९औँ स्थापना दिवसका अवसरमा यूनियन कञ्चनपुरले जिल्लाका सकृय पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको हो । मंगलबार महेन्द्रनगरमा यूनियन कञ्चनपुरले जिल्लाका ३० सकृय पत्रकारलाई मास्क र सेनिटाईजर वितरण गरेको हो । प्रेस यूनियनका केन्द्रीय पार्षद आशिष खत्रीले यूनियनलाई उक्त समान डोनेशन गरेका थिए ।

यूनियनका केन्द्रीय पार्षद खत्रीले कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष चन्दले कृयाशिल पत्रकारलाई वितरण गरेका थिए । अध्यक्ष चन्दले स्थापना दिवसका अवसरमा कोडिभ १९ को जोखिम मोलेर रातदिन जनतालाई सुचनाको अधिकार दिलाउन खटिएका पत्रकारलाई हौसला प्रदानका लागि वितरण गरिएको छ । प्रेस यूनियन कञ्चनपुरका सचिव मनोज भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । स्थापना दिवसमा मिठाई समेत वितरण गरेको यूनियनको कार्य सरानिय भएको पत्रकारहरुले बताएका छन् । स्वतन्त्र पत्रकार संघ एव नेपाल फोटो पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष पुष्कर भट्टले यूनियनले कृयाशिल सबै पत्रकारलाई समेटेर स्वास्थ्य सुरक्षा समाग्री दिएको भन्दै आभार प्रकट गरे । यूनियन कञ्चनपुरका अध्यक्ष चन्दले आगामी दिनमा समेत कृयाशिल पत्रकारका लागि राहत कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुस