कृष्ण नेपाली कञ्चनपुर, १२ जेष्ठ
निरन्तर रुपमा बृद्धबृद्धाहरुको सेवामा समर्पित बृद्ध सेवा केन्द्रले कुखुरा व्यवसायीबाट घाटा सहनु परेको छ । नोवेल कोरोना भाईरस कोभिड–१९ को संक्रमण दिन प्रतिदिन नेपालमा पनि बढ्दै गएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिकाको बनगाउँमा रहेको बृद्ध सेवा केन्द्रले लामो लकडाउनका कारण आर्थिक आधार बनाएको कुखुरा पालनमा पनि घाटा भएको समाजसेवी शारदा चन्दले बताउनु भएको छ ।

 

 

सहयोगी हातहरुले सहयोग गरेपनि आफूले पनि सो बृद्ध सेवा केन्द्रबाट आर्थिक उन्नति तथा बृद्धबृद्धाहरुको पालन पोषण्का लागि कुखुरा, च्याउ लगायतका व्यवसायी सञ्चालन गरेको बताईन । विश्वले नै कोरोनाबाट आक्रान्त भएको बेला नेपालमा पनि यसको संत्रास तथा कोरोनाको संक्रमण बढेकाले आफूले उत्पादन गरेको कुखुरा र अण्डाबाट दिनहुदिन २०÷२५ हजारको नोक्सान बेहोर्नु परेको हो । लकडाउन बढ्दै गएपछि कुखुरालाई खुवाउने दाना र औषधी नपाएकाले कुखुरा मर्दै गएको र बिक्री नहुँदा कुखुराका अण्डा समेत नष्ट गर्नु परेको समाजसेवी चन्दले बताईन । लकडाउनका बेला गरिब विपन्न मजदुरहरुलाई सहयोगी हातहरुबाट खाद्यान्न उपलब्ध गराई कञ्चनपुरको विभिन्न वडामा राहत वितरण गरेकी चन्दले यस समयमा आफूले घाटा बेहोर्नु परेको बताईन । कोरोना सन्त्रासको बेला सम्पूर्ण नागरिकहरुलाई घाटा र फाईदाको समय नहेरी कोरोना कहरबाट जोगिन आग्रह गर्नुभएको छ । सामाजिक क्षेत्रमा निरन्तर रुपले काम गर्दै आएको र जस्तोसुकै विपत्ती आई लाग्दा पनि गरिखाने बर्गका लागि आफू निरन्तर रुपले सेवामा सर्मपित रहने बताईन । लकडाउनका बेला बृद्ध सेवा केन्द्रलाई सहयोगी हातहरुले निरन्तर सहयोग गर्दै आएकोमा धन्यवाद दिदै अझ यो कठिनको समयमा सहयोगी हातहरुलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुस