विकास सिह महता 

कोरोना भाईरसले विश्व मानव जगतलाई कसरी बाँच्ने चिन्ता छ, तर कञ्चनपुरमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । जिल्लामा चोरहरुको विगबिगी बढेसंगै सदरमुकाम महेन्द्रनगरदेखि ग्रामीण भेगका कुना कन्दरमा चोरीका घटना भईरहेका छन् । लकडाउन यता दर्जनौँ चोरीका घटना भएपनि प्रहरीले नियन्त्रणको साटो चोरलाई उन्मुक्ति दिलाएको पीडितले आरोप लगाएका छन् ।

 

गत बैशाख दोस्रो र तेस्रो साता भीमदत्त नगरपालिका ६ ऐठपुर पुष्कर महराको घरबाट १ तोलाका गहना (आधा तोला सिग्री, साधा मुनडी) र भीमदत्त नगरपालिका ३ भाँसीका मोहन साउदको घरबाट २ लाख ६ सय भारु रुपैया, १० हजार नेपाली, एक् सुनको औठी, एक तोला ५ आनाको सुनको बिस्कुट, एक ल्याफट्अप चोरी भयो । यो सदरमुकामको प्रतिनिधीमुलक घटना मात्रै हुन् । बैशाख अन्तिम सातातिर पुनर्वास नगरपालिका १० विकास बस्तीका प्रेम बहादुर बस्नेतका चार बाख्रा चोरी भए त्यसको एक सातापछि लालझाडी गाउँपालिका ३ नन्दगाउँका चन्द्रमती रानाको १ बाख्रा चोरी भए । कतै मोबाईल, विद्यालयमा समेत चोरी भईरहेको छ । यस्तै शहरदेखि ग्रामीण भेगतिर कुखुरा, बाख्रादेखि स साना पसलमा चोरी भईरहेको छ । जहाँ जहाँ प्रहरी कार्यालय, ईप्रका, चौकी, एव प्रहरी पहुँच भएकै क्षेत्र स्थानमा चोरीका घटना भईरहेको स्थानीयबाट तिव्र गुनासो आईरकोछ । खास गरेर कुलतमा फसेकाहरु चोरी डकैतीमा संलग्न भएका स्थानीय बताउँछन् ।

 

 

विकास बस्तीका बाख्रा चोरी भएका पीडित प्रेम बस्नेतले प्रहरीलाई खबर गर्दा समेत कुनै वास्ता नराखिदिएको गुनासो पोखे । ‘लकडाउनको कारण देखाएर प्रहरीले हाम्रा बाख्रा चोरलाई समातेन, ‘उनले भने, ‘बाख्रा पालेर नुनतेल गरौँला सोचेको थिए, तर चोरले सपना उठायो ।’ चोरीका घटना हुँदा स्थानीयले प्रह्रीलाई खबर गर्दा समेत उसले त्यसको मानव अधिकार भन्दै प्रहरीले आलटाल गर्ने, घटनाका दोषिलाई समातेर कडा कार्बाही नगर्दा चोरीका घटना बढ्दै र चोरले प्रोत्साहन पाएको उनले दुखेसो छ । चोरीका घटनामा प्रमाण दिदा समेत प्रहरीले उस्तै पीडितलाई चर्को स्वरले कहाँबाट यत्रो तपाईसंग आएको भन्दै उल्टै धम्याउने गरेको उनले दुखेसो छ । प्रहरीले चोरलाई प्रोत्साहन गरेकै कारण समाजका घटना बढ्दै गएको उनको आरोप छ । लकडाउनको कारण देखाएर प्रहरीले पीडितमाथि उल्टै सान्त्वना दिनुको साटो चोरलाई सभ्य भाषा र पीडितलाई थर्काउने उनको अनुभव छ । बेदकोटका सचेत युवा सिरोमणी कुमार ओझाले चोरी डकैतीका घटनामा पीडक पक्षबाट मोलमोलाई हुँदा समाजमा चोरीका घटनाले प्रोत्साहन पाउने बताए । ‘कतै प्रहरीले पनि चोरसंग मिल्दा उनीहरुलाई पुन चोरी गर्न हौसला मिल्छ, ‘उनले भने, ‘चोरीका घटना न्यूनिरण गर्न या कसैले चोरी गरिदिनुभएन, प्रहरीले कडा कार्बाही गरिदिनुप¥यो ।’ शक्तिका भरमा घटना मिलाईने भएकाले चोरीका घटनाले कञ्चनपुर आक्र्रान्त बनाएको उनको भनाई छ ।

 

 

 

टोल टोलमा प्रहरी गस्ती र निगरानी आवश्यक रहेको उनको सुझाव छ । कञ्चनपुरका नागरिक एव राजनीतिक दलले देशमा विषम परिस्थिति खडा हुँदा चोरीकडैतीका घटना बढ्ने भएकाले त्यसतर्फ प्रहरी सजक हुनुपर्नेमा जोडदिएका छन् । नेपाली काँग्रेस कञ्चनपुरका सदस्य एव नागरिक सचेतक जनक सिह धामीले विभिन्न कारणबाट चोरीका घटना हुने भएकाले खान नपाए, कुलतमा फसेका र साथिभाईको लहलहैमा लागेकाहरुले चोरीका घटना घटाउने भएकाले त्यसतर्फ प्रहरी सजक मात्र नभई दोषि उपर कार्बाही गर्नुपर्नेमा जोडदिए ।

 

 

‘एक पटक चोरीका संलग्न भएका व्यक्तिलाई प्रहरीले लकडाउनको कारण देखाएर छाड्दा पुन सो समुह व्यक्ति चोरी गर्दछ, ‘उनले भने, ‘यसतर्फ समेत प्रहरी सजक हुनुपर्छ ।’ नागरिक समाज कञ्चनपुरका निर्वतमान अध्यक्ष नर बहादुर साउदले प्रहरी कोडिभ १९ मा बढि सकृयता भएको मौका छोपेर पनि घटना भईरहेको बताए । ‘चोरीका घटनामा प्रहरीले पहिचान भएकाहरुमाथि कडा कार्बाही गर्दैन, ‘उनले भने, ‘अधिकार भन्दै प्रहरीले चोरलाई बेहुली जस्तै लुकाउँछन् ।’ प्रहरीले चोरलाई प्रोत्साहन गर्दा चोरीका घटना मौलाउँदै गएका छन् ।’ महामारीका बेला थप सहज हुनुपर्ने उनको भनाई छ । चोरीका घटना न्यूनिरणका लागि प्रहरीले सजक हुनुपर्ने उनको सुझाव छ । लकडाउन लम्बिने भएकाले देशभरी म्यादी प्रहरी भर्ना गरेरै भएपनि नागरिकको जिउधनको सुरक्षातर्फ सरकारले नीति बनाउनुपर्ने नागरिक अगुवाको सुझाव छ । चोरी डकैतीका घटनामा प्रहरीले पन्छिने मौका दिन नहुने तर्क गरिरहेका छन् ।

 

 

कञ्चनपुर प्रहरीले लकडाउनका बेला हुनसक्ने घटनामा गम्भिर भएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले विभिन्न चोरी डकैतीका घटनामा ८ जना नियन्त्रमा लिएर अनुसन्धान थालेको बताए । उनले प्रहरीको मिलोमतो भए प्रमाण फेला पारे प्रहरी समेत कार्बाही गर्ने चेतावनी दिए । डाँकाचोरलाई प्रहरीले संरक्षण नगर्ने बताउदै उनले प्रहरीमाथिको आरोप निराधार भएको उनको भनाई छ । दोषि उपर कार्बाही हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुस