बैतडी –बन्दाबन्दीमा बैतडीका युवा आधुनिक ओखर खेति तर्फ आक्रसित भएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका ४ का कफलानका युवाले आधुनिक ओखर खेतिको सुरु गरेका हुन्।
गाउँका युवा जागरुक र आतआत्मनिर्भर हुनुपर्छ भन्दै सबै युवाले बाँझो जमिनमा ओखर लगाउने अभियान सञ्चालन गरीएको विष्णु अवस्थीले बताए ।
स्थानिय बजारमै ओखरको माग धेरै भएको र लगानी पनि कम लाग्ने भएकोले लकडाउनको सदुपयोग गर्दै सबै युवाले सामूहिक रुपमा ओखर लगाउने अभियान शुरु गरेको डिलाशैनी गाउँपालीका वार्ड नम्बर द्ध का अर्का युवा ईस्वर राज अवस्थी बताए ।
ओखर खेती का लागि डिलाशैनी गाउँपालीकाका बिभिन्न ठाउँमा उपयुक्त माटो भएकोले बाँझो जमिनमा युवा स्वरोजगार गर्ने उदेश्य बाट अभियानको सञ्चालन गराएको डिलाशैनी गाउँपालीका वार्ड नम्बर द्ध का स्थानिय तथा काभ्रेपालानचोक जिल्ला चौरी देवराली गाउँपालीका ६ मा कार्यरत शिक्षक केशव राज अवस्थीले बताए।
सरकारले पनि युवा लक्षित र आधुनिक खेती तथा तरकारी खेतीका लागि अनुदान दिने गरेको हुदाँ डिलाशैनी गाउँपालीका चारका युवा ओखर खेती तर्फ आकर्षित भएका छन।