बिकाश सिंह महता कञ्चनपुर, ७ जेठ
बुधबार विश्वव्यापी रुपमा फैलिएको महामारीमा कामकाज बन्द भइ भारतका विभिन्न ठाउँमा रहेका र सिमानाकामा अलपत्र परेका नेपालीहरुको भीमदत्त नगरपालिकाको सहयोगमा उद्धार गरिएको छ। पश्चिमीनाका महाकाली पारी रहेको नगरपालिका भएर मंगलबार राती ८:३० देखि १२ बजे सम्म भीमदत्त नगरपालिका वडा न. १३ झोलुङ्गे पुलको बाटो भएर नेपाल प्रवेश गरेका छन् । देशव्यापी रुपमा सरकारले कोरोना भाइरस नियन्त्रण साथै रोकथामका लागि गरिएको लकडाउन बाट प्रभावित भइ भारतमा काम गर्ने नेपालीहरु खुला सिमानाका कारण दोधारा चाँदनी(माहाकाली न.पा)को बाटाे भएर प्रवासी नेपाली स्वदेश फर्किएका थिए ।
नेपाल प्रवेश पछि उनिहरु लाई माहाकाली नगरपालिकाको क्वारेन्टाइनमा एक साता राखी स्वास्थ्य परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि विभिन्न जिल्लाका अलपत्र २ महिला र १ सय ९३ पुरुष गरि जम्मा १ सय ९५ जना प्रवासी नेपाली नागरिकहरुलाई भीमदत्त नगरपालिका कार्यालयको कदमी पहलका साथै कुमार श्रेष्ठ निर्माण सेवा महाकाली पुल आयोजना का टिप्पर पठाइ उद्वार गर्ने कार्य गरिरहेको छ । आएकाहरुमध्ये बढी जसो सुदुरपश्चिम् प्रदेश बाहिरका रहेका छन। जसमा मुगुका ४४,कालिकोटका २२, दैलेखका १८ र सप्तरीको १ जना रहेका छन । अन्यको तथ्यांक आउन बाकी रहेको छ । अहिलेसम्म २ सयको हाराहारीमा उद्धार गरेका हरु लाई भीमदत्त नगरपालिकाको बैजनाथ मा.बि.को क्वारेन्टाइन मा राखिएका छन् । उनीहरुको भोलि बिहान जेठ ७ गते सम्बन्धित स्थानीय तह संग समन्वय गरि पठाउने प्रबन्ध भीमदत्त नगरपालिकाले मिलाउने जानकारी भीमदत्त नगरपालिका वडा न.१३ युवा क्लबका अध्यक्ष महेश भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार अहिलेसम्म भित्रिनेहरुमा दुई महिला र पुरुषहरु रहेका छन साथै हरिदुहारा बाट २१ दिन पैदलमार्ग हिडेर सिमानाकामा पुगेका थिए सप्तरीका इन्द्र बहादुर मगर । आउने प्रवासि हरु को अलग अलग ग्रुप रहेको हुँदा त्यसमा केहिको स्वास्थ्य परिक्षण गर्न बाकी रहेका छन भने उद्वार कार्य सहयोग समन्वयका लागि भीमदत्त नगरपालिका,कुमार श्रेष्ठ निर्माण सेवा,नेपाल प्रहरी ,मझगाउँ पोष्टका सशस्त्र प्रहरी ,झोलुङ्गे प्रहरी चौकी , गैसस कञ्चनपुरका सचीव लगायतको अतुलनीय सहयोग साथै सहजीकरण रहेको भट्टले बताएका छन् । प्रवासी नेपालिले भने भारतमा पहिलेको भन्दा बढि हेप्ने , तर्साउने जस्ता व्यवहार बाट हैरान भाएका थियौ र आज निरन्तर रुपमा आफुहरु को यो प्रयासका साथ सिमानाका देखि मातृभूमी पुग्न पाउँदा र स्वदेश फर्किन पाएकोमा खुशीले हर्षीत भएका छौँ ।

 

प्रतिक्रिया दिनुस