कृष्ण नेपाली
लकडाउनका बेला घर जान नपाएका डेरामा अडकिएर समस्यामा परेका विद्यार्थीलाई नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले राहत वितरण गरेको छ । नेवि संघ कञ्चनपुरका युवा नेताहरु कैलाश चन्द, ईन्द्र साउद, नागेश प्रशाद पन्त, राजेश पन्त, गंगा भट्ट, राजेश जोशी, अपिल जोशी, लोकेन्द्र जाग्री लगायतको पहलमा समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको हो । बुधबार नेवि संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिको आयोजनामा डेरामा बस्ने विद्यार्थीलाई सरकारी निकायसंगको समन्वयमा राहत वितरण गरिएको छ । नेवि संघ सुप विश्वविद्यालय समन्वय समिति संयोजक निर्वतमान केन्द्रीय सदस्य कैलाश चन्दले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला घर भई भीमदत्त नगरपालिका महेन्द्रनगरमा डेरा गरि बस्ने विद्यार्थीलाई राहत वितरण गरिएको बताए ।
‘लकडाउन लम्बियो, ‘विद्यालय खुलेनन, ‘उनले भने, ‘न घर जान पाए, डेरामा बस्नेलाई समस्या भएको छ ।’ उनका अनुसार प्रति विद्यार्थी १० किलो चामल, १किलो मिक्स दाल, एक पोका तेल र नुन वितरण गरिएको छ । ५० विद्यार्थीलाई राहत वितरण गरियो । ‘समाजिक दुरी कायम गरेर सेनिटाईजर गर्दै विरण गरेका छौँ, ‘उनले भने, ‘समस्यामा परेका विद्यार्थीलाई सानै भएपनि राहतको पहल गरेका छौँ ।’ नेवि संघ कञ्चनपुरका नेता ईन्द्र साउदले पहिलो चरणको कार्यक्रम कार्यक्रम शुरु भएकाले थप आगामी दिनमा समेत राहत दिने बताए । उनले बाह्य जिल्ला घर भएका विद्यार्थीलाई उद्दार गर्न समेत सम्बन्धीत जिल्ला र पालिकाले ध्यान दिनुपर्ने बताए । नेवि संघ कञ्चनपुरका अर्का नेता नागेश पन्तले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, जनज्योति, बालजागृति, कञ्चन लगायतका विभिन्न क्याम्पस तथा प्लस टुमा अध्ययनरत समस्या परेका विद्यार्थीलाई राहत वितरण गरिएको बताए । नेवि संघले समस्यामा परेका विद्यार्थीलाई समाजिक संञ्जाल मार्फत सम्पर्कमा आउन आब्हान गरेका थिए । समस्यामा परेका बेला नेवि संघले राहत दिएपछि विद्यार्थी हर्षित भएका छन् । विद्यार्थीको हकहितका लागि संघर्ष गर्ने नेवि संघले आफ्ना पीडा बुझेको राहत पाएका विद्यार्थीको भनाई थियो ।
प्रतिक्रिया दिनुस