कञ्चनपुर,

गत फागुन तेस्रो साता श्रीमान राम बहादुर विष्टले घरयासी विवाद हुँदा श्रीमती गंंगाको शरिरमा एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाईते भएकी कञ्चनपुरको बेलौरी नगरपालिका ५ रामनगरकी गंगा विष्टको विचल्ली भएको छ । एसिड प्रहार गरेका श्रीमान राम दुई दिनमा मृत फेला परेका थिए । समान्य विवादमा श्रीमतीमो शरिरमा एसिड प्रहार गरेका रामले आत्महत्या गरेको अनुमान गरिएको छ ।
भारतको बङ्लोर स्थित भिक्टोरी अस्पतालमा उपचारार्थ गंगालाई अस्पतालले निको नहुँदै डिस्चार्ज हुन दवाव दिएपछि उनीकहाँ गएर उपचार गर्ने भन्नेमा चिन्तित छिन् । गंगाका भाई गणेश रावतले उपचारमा समस्या भईरहेको बताए ।
उनले घटना बारे कञ्चनपुरका नेतादेखि मन्त्री, दिल्ली स्थित नेपाली दुतावासमा जानकारी गराउँदा समेत कुनै वास्ता नै नराखेको दुखेसो पोखे । दुताबासमा गंगाले थप उपचारको प्रबन्धका लागि अपिल गर्दा समेत दुतावसले कुनै सुनुवाई गरेको छैन् । कोरोना संक्रमणले च्यापिरहेका बेला भारतीय अस्पतालमा गंगाको स्वास्थ्यबारे भारत सरकारले चासो देखाउने कुनै भएन्, नेपाल सरकारले पनि आफ्ना नागरिकबारे कुनै चासो चिन्ता प्रकट गरेको छैन् । अनाहकमा महिला अधिकारको डाँगरो बजाउने अतिवादी महिला अधिकारकर्मीले समेत यस्ता पीडित महिलाको विषयमा कुनै चासो नै दिएका छैनन् । वास्तविक पीडित महिलाको पक्षमा बोल्ने कोही छैनन्, समान्य घरसायी विवादमा महिलाको घर फुटाउने धेरै महिला अधिकारकर्मी उद्यत रहेको स्वयम महिला अधिकारर्मीकै दावि छ ।

कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले भारतमा विचल्लीमा परेकी एसिड पीडित महिलाको उद्दार गरेर सरकारले उपचार गर्नुपर्नेमा जोडदिएकी छिन् । ‘हामी महिला अधिकारकर्मीले यस्तायस्तै पीडित महिलाको विषयमा सरकारलाई घचघच्याउनुपर्छ, ‘उनले भनिन, ‘न कि समान्य घरसायी विवाद हुँदा श्रीमान श्रीमती विचको विषयलाई कसै महिलाको घरै फुटाउने ।’ परिस्थिति अनुरुप पीडित भएकी गंगाको उपचारका लागि हामी सबै मिलेर विदेशी भूमिमा रहेकी नारी बचाउनुपर्ने कर्तव्य भएको समेत उनको सुझाव छ । वास्तविक रुपमा थिचोमिलोमा परेका, विचल्लीमा परेका र यस्तै परिस्थितिमा संकटग्रस्थ रहेका महिलाको उद्दारका लागि सबै महिला अधिकारकर्मीले एकजुट भएर अघि बढ्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुस