धनन्जय अवस्थी बैतडी, ०६ जेष्ठ

 

बैतडी जिल्लाको डिलाशैनी गाउँपालीका वार्ड चार कफलान का युवा लकडाउनको समयमा ओखर खेतीको शुरु गरेका छन । गाउँका युवा जागरुक र आतआत्मनिर्भर हुनुपर्छ भन्दै सबै युवाले बाँझो जमिनमा ओखर लगाउने अभियान सञ्चालन गरेका छन ।

 

 

लकडाउनको समयमा सबै युवाहरुले आधुनिक तरिकाले बाँझो खेतमा ओखर लगाउने अभियान शुरु गरेको डिलाशैनी गाउँपालीका वार्ड नम्बर चारका युवा बिष्णु अवस्थीले बताउनुभयो । स्थानिय बजारमै ओखरको माग धेरै भएको र लगानी पनि कम लाग्ने भएकोले लकडाउनको सदुपयोग गर्दै सबै युवाले सामूहिक रुपमा ओखर लगाउने अभियान शुरु गरेको डिलाशैनी गाउँपालीका वार्ड नम्बर 4 का अर्का युवा ईस्वर राज अवस्थी बताए ।

 

 

ओखर खेती का लागि डिलाशैनी गाउँपालीका का बिभिन्न ठाउँमा उपयुक्त माटो भएकोले बाँझो जमिनमा युवा स्वरोजगार गर्ने उदेश्य बाट अभियानको सञ्चालन गराएको डिलाशैनी गाउँपालीका वार्ड नम्बर 4 का स्थानिय तथा काभ्रेपालानचोक जिल्ला चौरी देवराली गाउँपालीका 5 मा कार्यरत शिक्षक केशव राज अवस्थीले बताए । सरकारले पनि युवा लक्षित र आधुनिक खेती तथा तरकारी खेती का लागि अनुदान दिने गरेको हुदाँ डिलाशैनी गाउँपालीका वार्ड नम्बर चारका युवा पनि ओखर खेती तर्फ आकर्षित भएका छन ।

प्रतिक्रिया दिनुस